काठमाडौँ । अफ्रिकी एङ्गोलाको लुवाण्डामा आयोजना हुने अन्तर व्यवस्थापिका सङ्घ (आइपियु)को १४७ औँ महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज राती एङ्गोला जाँदैछन्।
अध्यक्ष तिमिल्सिना एङ्गोलामा कार्तिक ६ देखि १० (अक्टोबर २३-२७) मा हुने १४७ औँ महासभामा ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर राती १ : ५५ बजे त्यस तर्फ प्रस्थान गर्न लागेका हुन्।
‘शान्ति, न्याय र सशक्त निकायहरूका लागि संसदीय सक्रियता’ भन्ने नाराका साथ सम्पन्न हुने महासभामा नेपालको तर्फबाट सहभागी हुने प्रतिनिधि मण्डलमा राष्ट्रिय सभाका सदस्य द्वय कुमार दसौंदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधिसभाका सदस्य दय रुपा सोसी चौधरी र सन्तोष परियार तथा संघीय संसद्का महासचिव डा. भरतराज गौतम, सहसचिव बबिता मिश्र, उपसचिव त्रिबिक्रम पराजुली र अध्यक्ष तिमिल्सिनाका सञ्चारबिज्ञ दुर्गाप्रसाद शर्मा छन्
महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसदको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।