२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली आक्रमणमा नेतृत्वमा रहेका महिलाको मृत्यु भएको हमासको दाबी

अ+ अ-

गाजा सिटी, प्यालेस्टिनी क्षेत्र । हमासको उच्च राजनीतिक नेतृत्वमा निर्वाचित पहिलो महिलाको गाजा पट्टीमा इजरायली आक्रमणमा मृत्यु भएको लडाकू समूहले बिहीबार जनाएको छ ।

उत्तरी गाजाको जाबालियामा बुधबार साँझ ६४ वर्षीया जमिला अल श्यान्टीको हत्या भएको हमासले जनाएको छ ।

उनी सन् २०२१ मा भएको आन्तरिक मतदानपछि २० जना सदस्य रहेको हमास आन्दोलनको राजनीतिक ब्युरोमा निर्वाचित हुने पहिलो महिला थिइन् ।

अर्की महिला फतिमा शुराब पनि सोही समयमा महिला आयोगको अध्यक्षको रूपमा स्वतः नियुक्तिको माध्यमबाट राजनीतिक शीर्ष नेतृत्वसँग सामेल भएकी थिइन् ।

इस्लामी समूहको महिला प्रतिनिधित्वको लागि स्पष्ट खुलापनलाई सङ्केत गर्ने भन्दै नेतृत्वमा उनीहरूको समावेशलाई त्यतिबेला अन्तर्राष्ट्रिय समुदायका लागि सकारात्मक सन्देश भएको भनी व्याख्या गरिएको थियो ।

सन् २००६ मा प्यालेस्टिनी संसद्मा निर्वाचित भएकी श्यान्टीको प्यालेस्टिनी राजनीतिमा लामो इतिहास छ ।

सन् २००७ मा हमासले गाजाबाट प्यालेस्टिनी संसद्लाई हटाएर सत्ता कब्जा गरेयता चेम्बरको बैठक बस्न सकेको छैन ।

गाजामा गत अक्टोबर ७ तारिखदेखि इजरायली आक्रमणमा मारिएका हमासका कैयौँ सदस्यमध्ये श्यान्टीको पनि एक हुन् ।

युद्धका क्रममा इजरायलमा मारिएका एक हजार ४०० भन्दा बढी मानिसमध्ये अधिकांश हमासको चपेटामा परेका सीमावर्ती समुदायका नागरिक थिए ।

गाजामा इजरायली आक्रमणका कारण करिब तीन हजार ५०० व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित क्षेत्रका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस