१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साहित्यकार टङ्कबहादुर भट्टराईको ‘ठाँटीको घाम’ सार्वजनिक

अ+ अ-

फुङ्लिङ (ताप्लेजुङ) । पछिल्लो पुस्ताका चर्चित साहित्यकार टङ्कबहादुर भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यास सार्वजनिक भएको छ ।

घटस्थापनाका अवसरमा ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, पाथीभारा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार मेङ्म्बो, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष यूक हां वीर हांगाम लगायतले संयुक्तरुपमा सो कृतिको विमोचन गरेका थिए। सो अवसरमा उनीहरूले साहित्यकार भट्टराईलाई अगामी दिनमा निरन्तर लेखन जारी राख्न सुझाव दिए ।

ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत भट्टराईको यसअघि ‘साँझमा पारिलो तारा २०६८’ (कविता सङ्ग्रह) र ‘म पनि बग्दैछु साप्सु–२०७३’ कथा सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

सामाजिक जनजीवनलाई जीवन्त एवं सटिकरुपमा उतारिएको सो ‘ठाँटीको घाम’ उपन्यासभित्र विभिन्न ५३ खण्डमा अलगअलग विषयवस्तु सरल र सहज भाषामा समेटिएका छन् । उपन्यास २४५ पृष्ठको छ । उपन्यासका लेखक भट्टराईले भने, ‘उपन्यासका कथावस्तु र पात्र मेरै गाउँ घर वरिपरिका हुन् । केही मेरो बुबाको साथीसमेत उपन्यासका वस्तुमा पात्रका रूपमा उभिएका छन् । गाउँ घरमा भएको सामाजिक यथार्थ परिवेश र समस्यालाई केन्दमा्र राखेर उपन्यासको भाव भूमि उनिएका छन् ।’
सो अवसरमा कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार कमल भट्टराईले भने, ‘यस उपन्यासले समाजमा धेरै कुरा सिकाएको छ । उपन्यास मनदन पुरस्कार प्राप्तिका लागि दाबी गर्न योग्य छ । म एक पटक आम पाठकले उपन्यासलाई अध्ययन गर्न आग्रह गर्दछु ।’

साहित्यकार तथा उपप्राध्यापक शान्तिराम नेपालले ‘ठाँटीको घाम’ उपन्यासले नेपाली समाजलाई नयाँ ढङ्गबाट व्याख्या, विश्लेषण गरेको जनाउँदै नेपाली उपन्यासमा यसले नयाँ आयाम थपेको छ भने। उनले भने, ‘गालामा हात राखेर उपन्यासका कथा बगेजस्तै कोही कसैको मन उपन्यास पढ्दा बगिरहेको प्रस्ट नै अनुमान लगाउन सकिन्थ्यो । उपन्यासमा प्रस्तुत भएको विषयवस्तु, पात्रको चरित्रका बारेमा प्रस्तुत गर्दा प्रायः सबैले एक पटक आफ्नो बाल्यकालमा विद्यालय गएको सम्झना आइरहन्थ्यो ।’

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष आनन्द गौतमले उपन्यासमाथि समीक्षा गर्दै भने,’म दुई दशकदेखि पत्रकारिता गर्दै आएको छु । मैले कलम चलाउनुभन्दा अघि त्यो कलम र त्यसको मसीले कसैमाथि अन्याय गरिहरेको छ की भनेर सोच्न यो किताबमा लेखिएको हरफले सिकाएको छ । उपन्यासले पत्रकारले कलम चलाउनुअघि प्रयोग गरिने भाषा र विषयका बारेमा सोच्न सन्देश दिएको छ ।’

उपन्यासमा रहेका विषय वस्तु हाम्रै छरछिमेक गाउँ घरको यर्थाका घटनालाई सिलसिलाबद्ध तरिकाले उठान गरेका उनले बताए। ‘मैले किताब समाउँदै गर्दा र किताबका पाना पल्टाउँदै गर्दा सोचेको पनि थिइन, एक जना राष्ट्रसेवक कर्मचारीले कोही किन अनियमिततामा लुप्त हुन्छ, उसले त्यसरी कमाएको पैसा केमा खर्च गर्छ भन्ने कथामा समेटेको छ ।’ पत्रकार गौतमले भने, उपन्यासले नेतालाई उच्च सम्मान दिएको छ । लक्ष्य र योजना भएको सक्षम नेतृत्वले समाजमा परिवर्तन ल्याउन सक्छ भन्ने देखाएको छ । समुदायमा भोट माग्नुअघि देखाउनुपर्ने चरित्र, समुदायले गर्ने मूल्याङ्कनका विषयमा प्रस्ट्याइएको छ । नेतृत्व समाजप्रति उत्तरदायी भए भोट माग्नु जानुपर्दैन जनताले आफैँ नेतृत्व खोजेर आउँछन् भन्ने सन्देश दिएको छ ।’

प्रतिक्रिया दिनुहोस