२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनले भन्यो-इजरायलको कारबाही आत्मरक्षाको दायराभन्दा बाहिर पुग्यो 

अ+ अ-

काठमाडौँ । चीनले इजरायलको कारबाही आत्मरक्षाको दायराभन्दा बाहिर पुगेको बताएको छ । चीनका विदेशमन्त्री वाङ यीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानलाई फोन गरेर गाजामा इजरायलले गरिरहेको कारबाही आत्मरक्षाको दायरबाट बाहिर पुगेको बताएको चीनको सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ ।

विदेशमन्त्री यीले इजरायलले गाजाका बासिन्दालाई सामूहिक दण्ड दिन रोक्नुपर्ने पनि बताउनुभयो । चीनले इजरायल-हमासबीचको सङ्घर्ष रोक्नका लागि र शान्ति वार्ता अघि बढाउन आउँदो हप्ता विशेष दूत पठाउन लागेको पनि जानकारी गराएको छ ।

यसैबीच इरानले इजरायलमाथि युद्ध अपराध र नरसंहार गरिरहेको आरोप लगाएको छ । हमासका नेता इस्माइल हानियासँगको भेटपछि इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियनले इजरायलले युद्ध अपराध र नरसंहार तत्काल नरोके स्थिति नियन्त्रणबाहिर जाने र यसको दूरगामी नतिजा निस्किने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हमासले गरेको आक्रमणबाट एक हजार तीन सय जना र इजरायली सेनाले गरेको कारबाहीबाट दुई हजार तीन सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

अहिले हमासको अवरोधका बीच पनि उत्तरी गाजाका मानिसहरू दक्षिणतर्फ भागिरहेका छन् । उत्तरी गाजा खाली गर्न उर्दी जारी गरेको इजरायली सेनाले गाजाको सीमा क्षेत्रबाट स्थलगत गोलावारी पनि शुरु गरेको बीबीसीले जनाएको छ । सहरमा भने सेना पुगिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस