२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डीडीसीद्वारा चाडपर्वका लागि छुट घोषणा

अ+ अ-

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले दशैं, तिहार, छठपर्व लगायतका चाडपर्वलाई लक्षित गरी सहुलियत मूल्य घोषणा गरेको छ ।

संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा मेला घोषणा गर्दै संस्थानले सहुलियत मूल्यमा २५० रुपैयाँसम्म छुट पाइने जनाएको हो ।

एक विज्ञप्ति जारी गर्दै संस्थानले आफ्नो १४ प्रकारका वस्तुहरूमा छुटको घोषणा गरेको छ । यो मूल्य हालका लागि लैनचौर बिक्री केन्द्रमा लागु हुने र थप सहुलियत घोषणाका लागि गृहकार्य गरिरहेको संस्थानले जनाएको छ ।

नयाँ छुटअनुसार घिउ प्रतिलिटरमा ५० रुपैयाँ छुट दिइएको छ । १ हजार २ सय रुपैयाँदेखि १ हजार २५० रुपैयाँ साबिकको मूल्यलाई १ हजार १५० देखि १ हजार २ सय रुपैयाँ मूल्य कायम गरिएको छ । पनिरमा प्रतिकिलो एक सय रुपैयाँ छुट दिइएको छ । अब आधा किलोको पनिर किन्दा ४५० र २०० ग्रामको पनिर किन्दा १९० रुपैयाँमा पाइन्छ ।

टेबल बटरमा प्रतिकिलो २ सय रुपैयाँसम्म छुट दिइएको छ । डीडीसीले उत्पादन गर्ने २५० ग्रामको उक्त बटरको मूल्य छुटपछि ३५० रुपैयाँ कायम भएको छ । जार दहीमा प्रतिलिटरमा १५ रुपैयाँ छुट दिइएको छ । १९० रुपैयाँ प्रतिलिटर मूल्यको दही अब १७५ रुपैयाँमा पाइने भएको छ । यस्तै, पोली दहीमा प्रतिलिटर १४ रुपैयाँ छुट दिइएको छ । १७० रुपैयाँ प्रतिलिटरको दही अब १५६ रुपैयाँमा पाइन्छ । प्रोबायोटिक दही जारको प्रतिलिटरमा २० रुपैयाँ छुटपछि २०० रुपैयाँ मूल्य कायम गरिएको छ ।

याक र कञ्चन चिजमा प्रतिकिलो एक सय रुपैयाँ छुट दिइएको छ । छुटसँगै अब यी उत्पादनको मूल्य क्रमशः आधा किलोकै ९१० रुपैयाँ र ७६० रुपैयाँ कायम गरिएको छ । ११ सय रुपैयाँ प्रतिकिलो पर्ने नौनीको मूल्य ५० रुपैयाँ छुट दिएर एक हजार ५० रुपैयाँ नयाँ मूल्य तोकिएको छ । रसबरी, पेडा र लालमोहन प्रतिबट्टा १० रुपैयाँ छुट दिएर २८० रुपैयाँ मूल्य तोकिएको छ । रसबरी क्यानमा १५ रुपैयाँ छुट दिएर ४०५ रुपैयाँबाट घटाएर ३९० रुपैयाँ कायम गरिएको छ ।

फ्रेस मिल्क २ सय एमएलको उत्पादनमा ५ रुपैयाँ छुट दिएर ७५ रुपैयाँबाट ७० रुपैयाँ कायम गरिएको छ । यस्तै, याक नौनी प्रतिकिलोमा २५० रुपैयाँ छुट दिइएको छ । १ हजार २५० रुपैयाँ प्रतिकिलो पर्ने याक नौनीको मूल्य छुट पछि एक हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस