२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पक्की विद्यालय भवन निर्माणले पठनपाठनमा सहज

अ+ अ-

भोजपुर । भूकम्पबाट जीर्ण बनेको भवनमा पढ्दै आएका विद्यार्थीलाई पक्की भवन बनेपछि सहज भएको छ । पौवादुङमा गाउँपालिका-३ को पञ्चकन्या माध्यमिक विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहज भएको हो ।

नेपाल सरकार तथा साउदी अरब सरकारको सहयोगमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको हो । १२ कोठा रहेको भवन भ्याटबाहेक रु तीन करोड २४ लाख लागतमा निर्माण गरिएको छ । भवन निर्माणका लागि रु पाँच करोडको बोलपत्र आह्वान भएको थियो ।

प्रधानाध्यापक रामकुमार राईले भूकम्पबाट जीर्ण बनेको भवनको ठाउँमा नयाँ भवन बनेपछि सहज भएको बताए । ‘भूकम्पले जीर्ण बनाएको भवनमा पठनपाठन गराउन समस्या थियो’, उनले भने, ‘अहिले सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन बनेको अवस्था छ, यसले हामीलाई पठनपाठन गराउन सहजता थपिएको छ ।’

भवन निर्माणले भावी दिनमा विद्यालयको शैक्षिक सुधारका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्न ऊर्जा मिलेको उनको भनाइ छ । ‘विद्यालयमा यो भवन बन्नु हाम्रा लागि गौरवको कुरा हो’, उनले भने, ‘यसले विद्यालयलाई थप हौसला मिलेको छ, अबका दिनमा गुणस्तर सुधारमा योजनाबद्धरुपमा थप काम गर्छौँ ।’

नवनिर्मित विद्यालय भवनको गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गरेका छन् । गाउँपालिका अध्यक्ष राईले धेरै समयको अथक प्रयासपछि नमुना भवन निर्माण गर्न सफल भएको बताए ।

‘धेरै समयको मेहनतपछि नमुना विद्यालय भवन निर्माण गर्न सफल भएका छौँ’, अध्यक्ष राईले भने, ‘भवन निर्माणका लागि १७ महिना काठमाडौँका विभिन्न मन्त्रालय तथा कार्यालय धाएको छु, यो भवनका लागि हामीले निकै मेहनत गरेका छौँ ।’

गाउँपालिकाको शैक्षिक सुधारका लागि योजनाबद्धरुपमा काम भइरहेकाले यसबाट गुणात्मक परिणाम लिन सबै जिम्मेवार बन्नुपर्ने आवश्यक रहेको अध्यक्ष राईले बताए । गाउँपालिकाले प्राविधिकसँगै आधुनिक शिक्षामा जोड दिएको उनको भनाइ छ ।

गाउँपालिकाको नेतृत्वका कारण विकासले गति लिएको भूतपूर्व विद्यार्थी सङ्घका सचिव काजीमान थापाले बताए । भूतपूर्व विद्याथीहरुले पनि विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्ने उनले बताए ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रुद्र राईले जिल्लामा नै नमुना भवन बनेको बताए । भवन निर्माणका लागि गाउँपालिकाले खेलेको भूमिका प्रशंसायोग्य रहेको उनको भनाइ छ । विद्यालयको शैक्षिक सुधारका लागि काम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष राईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस