२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुरु भयो इजरायलबाट फर्कन चाहने बाँकी नेपालीलाई पनि स्वदेश ल्याउने प्रक्रिया

अ+ अ-

काठमाडौँ । इजरायलबाट स्वदेश फर्काउन बाँकी रहेकालाई पठाउन प्रक्रिया शुरु भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।

इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासले विज्ञप्ति निकालेर नेपाल फर्कन चाहनेको सङ्ख्या अझै दुई सय जनाभन्दा धेरै रहेको र उनीहरूलाई स्वदेश फर्काउन सहजीकरण गर्ने प्रक्रिया शुरु भएको जनाएको हो । दूतावासका अनुसार नेपाल फर्कन चाहनेहरूले अनलाइनमार्फत् विवरण भर्ने क्रम पनि चलिरहेको छ ।

यस्तै, प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परेर घाइते भएर इजरायलमै उपचार गराइरहेका तीन जनामध्ये एक जना डिस्चार्ज हुने क्रममा छन् । अर्का दुई जना घाइतेको भने उपचार भइरहेको छ । घाइतेमध्ये एक जना डिस्चार्ज भएर बिहान स्वदेश फर्किसकेका छन् ।

यस्तै, दूतावासका अनुसार हराइरहेका विपिन जोशीको खोजीलाई तीव्रता दिन इजरायल सरकारलाई फेरि आग्रह गरिएको छ । हमासको आक्रमणमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव नेपाल ल्याउन इजरायलको नियम तथा प्रक्रिया अनुसार काम भइरहेको पनि इजरायलमा रहेको नेपाली दूतावासले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले इजरायलमा रहेका नेपालीलाई संयम भएर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न फेरि पनि आग्रह गरेको छ । इजरायलबाट २ सय ५४ जना आज बिहान स्वदेश फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस