काठमाडौँ । जनकपुरधामको रामसागर रामसरुप बहुमुखी (राराब) क्याम्पसका स्ववियू सभापति मनिष यादव रिहा भएका छन्।
बुधवार राति धनुषाको ढल्केवरस्थित सम्राट् डान्सबारमा केटीको विषयमा दुई समुहबीच विवाद र कुटाकुट भएपछि यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
सभापति यादवलाई रातभर थुनामा राखेर आज बिहान छोडिएको प्रहरीले जनाएको छ ।
केटीको विषयमा लफडा भएपछि डान्सबारका सञ्चालकले सभापति यादवसहित दुबै पक्षका व्यक्तिलाई बाहिर निकालेको थियो। बाहिर निकालिएका दुबैजनाको समुहबीच चौकमा पनि झडप पनि भएपछि इलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरीले सभापति यादवलाई नियन्त्रणमा लिएको थियो।
बारबाट बाहिर निस्केर चोकमा पनि दुई पक्षबीच झडप भएको र झडपमा दुई जना घाइते भएको प्रहरीले बताएको छ। घाइतेको अवस्था सामान्य रहेको छ।