२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनधिकृत प्रवेश र गलत क्रियाकलाप रोक्न विमानस्थलमा कार्गोमा फ्ल्याप गेट सञ्चालन

अ+ अ-

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरले आज (बुधवार)बाट कार्गो भवनमा प्रवेशका लागि फ्ल्याप गेट सञ्चालनमा ल्याएको छ । अनधिकृत व्यक्तिको प्रवेश र गलत क्रियाकलाप रोक्नका लागि यो गेट सञ्चालनमा ल्याइएको हो। प्रहरी रिपोर्ट र भन्सार कार्यालयको सिफारिसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वितरण हुने ‘वाई’ पास बाहकले मात्र यो गेट पार गर्न सक्नेछन्।

गत श्रावण २ गते कार्गो भवनबाट गाडीको ब्रेक शु भित्र लुकाई छुपाई अवैध सुन बाहिरिएपछि विमानस्थल भन्सार कार्यालयले भन्सार यार्ड प्रवेशमा कडाइ गरेको हो । उक्त घटनामा अनधिकृत व्यक्तिको प्रवेश देखिएपछि विभिन्न निकायको सिफारिसका आधारमा भन्सार कार्यालयले कार्गो विल्डीगं प्रवेशका लागि फ्ल्याप गेट सञ्चालनमा ल्याएको हो ।

त्रिभुवन विमानस्थल प्रवेशकालागि अङ्ग्रेजी अल्फाबेट ‘ए’ देखि ‘एल’ सम्मको पास उपलब्ध गराइन्छ। कार्गो भवन प्रवेशकालागि भने अङ्ग्रेजी अल्फाबेट ‘वाई’ पास उपलब्ध गराइएको हो। सर्वसाधारणहरू आफ्नो माल वस्तु छुटाउनका लागि भन्सार एरियामा प्रवेश गर्नु परेमा भिजिटर पास लिई प्रवेश गर्न पाउने व्यवस्था गरिएको छ।

हाल भन्सारका कर्मचारी, भन्सार एजेन्ट र सामान लोड अपलोड गर्ने श्रमिकलाई मात्र फोटो सहितको पास उपलब्ध गराइएको भन्सार प्रमुख डा. टोक राज पाण्डेले बताए। यसबाट अनधिकृत व्यक्तिको प्रवेश र अवैध सामान आयात अन्त्य हुन्छ पाण्डेले भने ‘यसका लागि हामीले मापदण्ड तयार पारी यो पास वितरणलाई व्यवस्थित गरेका छौँ।’

भन्सार कार्यालयले यस अघि विमानस्थलको यात्रु आवागमन तर्फ बहुमूल्य सामान र विदेशी मुद्राको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको थियो।यद्यपि पछिल्लो समय अवैध सुन तथा माल वस्तु ल्याई दर्जनौँ व्यक्तिहरू कानुनी कारबाहीमा पर्ने क्रम नरोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस