२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले निःशुल्क रक्त सेवा उपलब्ध गराउने 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरले पालिकाले महानगरवासीलाई निःशुल्क रगत र रक्त तत्त्व उपलब्ध गराउने भएको छ। 

सोमबार नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापा र महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गर्दै उक्त कुरा बताएका हुन्। 

स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत र रक्तत्व निःशुल्क उपलब्ध गराउन लागिएको महानगरकी उपप्रमुख सुनिता डङ्गोलले बताइन्।  

‘नियमित रक्तदान कार्यक्रम र सङ्कलित रगतको उचित व्यवस्थापनबाट अभाव कम गराउन सकिन्छ। त्यसबेला कसैलाई सिफारिस गर्नु पर्ने स्थिति हुँदैन,’ उनले भने, ‘महानगरवासीबाट थालिएको निःशुल्क रगत र रक्तत्व उपलब्ध गराउने कार्यक्रमको प्रभाव हेरेर विस्तार गरिनेछ।’ 

यस्तै, स्वास्थ्य विभागका प्रमुख पौडेलका अनुसार महानगरपालिकावासीलाई उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइने छ।

सम्झौताबमोजिम महानगरपालिकाले पहिलो चरणमा ३ लाख रुपैयाँ उपलब्ध गराउने जनाइएको छ।

त्यस्तै, केन्द्रीय रक्त सञ्चार सेवाले हरेक ३ महिनामा महानगरपालिकामा खर्च विवरण पठाउने बताइएको छ। निकासा गरिएको ८० प्रतिशत रकम सकिएपछि रक्त सञ्चारले प्रतिवेदन पेस गर्ने छ। जसको आधारमा महानगरपालिकाले थप निकासा दिने जनाइएको छ। 

सेवा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेस गर्नुपर्ने महानगरपालिकाले बताएको छ। नागरिकता, मतदाता परिचय पत्र, बसाइसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता काजगमध्ये कुनै एउटा पेस गर्न सकिने छ। यस्ता कागजलाई बिरामी वा बिरामीका आफन्तले प्रमाणित गर्नुपर्नेछ। 

आकस्मिक र आपतकालीन अवस्थामा प्रमाण दिएर सेवा लिन नसक्ने अवस्था भएमा तिरिएको शुल्क प्रमाणका आधारमा शोधभर्ना दिइनेछ। 

प्रतिक्रिया दिनुहोस