४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँझिएको जग्गामा टिमुर खेती

अ+ अ-

बलेवा (बागलुङ) । सुन्दर डोहेरी सुनसान छ । कान्छो धौलागिरिको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाइन्छ । वन्यजन्तु र पन्छीले बिस्तारै गाउँको माझसम्मै बासस्थानको विस्तार गर्दैछन् ।

काठेखोला गाउँपालिका–२ भीमापोखराको उच्च भागमा रहेको डोहेरी गाउँमा केही वर्ष अघिसम्म खचाखच घर थिए । पाखो बारीमा सुनसरी आलु र भाँगोको खेती थियो । अहिले एकाद घरमा मानिसको बसोबास छ । आलु फल्ने बारी, भाँगो फल्ने बारीका छेउकुना वनमाराको शिकार बनेका छन् । गाउँमा बनेका घर स्याहारको अभावले भत्किने अवस्थामा पुगेका छन् ।

केही वर्षअघिदेखि चलेको बसाइँसराइको मार डोहेरीले नराम्रोसँग बेहोर्‍यो । बाइस घर रहेको गाउँ आठ/दश घरको गाउँ भएको छ । तीनै भएका घरमा सबै घरमा सधैँ मान्छे बस्दैनन् । ‘नहुने होइन, परम्परागत बाली बाउबाजेले आर्जेरै खाएका थिए, तर गुजारा चलेन त के गर्नु’, स्थानीय प्रेम केसीले भने, ‘कतिले सकेर अन्यत्रै बसाइँ सरे, कसैले नसकेरै गाउँ छोडे ।’

भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्रमा पर्ने यो गाउँमा अधिकांश समय हावापानी चिसो हुन्छ । उत्पादन ढिलो हुने, सबै बाली उत्पादन गर्न नसकिने र शिक्षा, स्वास्थ्य तथा रोजगारीका लागि टाढा-टाढा पुग्नुपर्ने बाध्यताका कारण स्थानीयले गाउँ छोडेको केसी बताउछन् । परम्परागत शैलीको खेतीपाती र बसोबासले खाली हुँदै गरेको डोहेरीको मुहार फेर्ने विषयमा गाउँलेले नसोचेका भने होइनन् ।

बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोटदेखि काठेखोला गाउँपालिकाको प्रसिद्ध बेलढुङ्गा, तमानखोलाको सोलेडाँडा हुँदै ढोरपाटन शिकार आरक्ष क्षेत्रसम्म परिकल्पना गरिएको पदमार्गको बीचमा पर्छ, यो गाउँ । पर्यटनका हिसाबले कान्छो धौलागिरि भनेर चिनिने डोहेरीको लेक, गुनगुनेको धुरीलगायतका प्राकृतिक स्रोत नजिकै छन् । त्यसैले स्थानीयले डोहेरीलाई ब्यूँताउने प्रयत्न थालेका छन् । “कृषि पर्यटनबाट गाउँ चिनाउने र गाउँ फर्काउन सकिन्छ की भनेर प्रयास थालेका छौँ’, केसीले भने, ‘गाउँलेले बाँझो जमिनमा केही टिमुर लगाउन थालेका छन्, उत्पादन र पर्यटन सँगसँगै लैजाने तयारी छ ।’

बाँझो जमिनको प्रयोगमा वडा कार्यालयले पनि साथ दिएको छ ।’गाउँनै रित्तो हुँदै गयो, बसाइँसराइ रोक्छु भनेर लागौँ गफैमात्र हुन्छ, बरु बाँझो जमिनको प्रयोग र अन्य उत्पादनका विधि खोज्न थालेका हौँ’, वडाध्यक्ष विद्यापति शर्माले भने, ‘हामीले टिमुर लगाउन युवालाई प्रोत्साहित गरेका छौँ, हेरौँ उत्पादन दियो भने आम्दानी राम्रो हुन्छ, कम्तीमा मान्छे गाउँ नबसे पनि जग्गा बाँझो नरहोस् भन्ने हो ।’

वडा कार्यालयले म्याग्दीबाट टिमुरका बिरुवा ल्याउनका लागि स्थानीय युवा किसानलाई सहयोग गरेको छ । यस वर्ष पाँच सय टिमुरका बिरुवा लगाएका युवाले क्रमशः सबै बाँझो जग्गामा टिमुर खेती गर्ने योजना बनाएका छन् । बसाइँसराइका कारण रित्तिएका गाउँ र बाँझै रहेका जग्गाको उपयोगमा नयाँ विधि अपनाउनुपर्ने वडाध्यक्ष शर्माले बताए । डोहेरीमा टिमुर लगाउन युवाले उत्साह देखाएका छन् ।

प्रतिक्रिया दिनुहोस