काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा विशिष्ट र अतिविशिष्ट व्यक्तित्व उपचारका लागि आउने क्रम बढेको दाबी गरेका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को चौथो दीक्षान्त समारोहमा स्वास्थ्यमन्त्री बस्नेतले वीर अस्पतालले धेरै सुधारका कामहरू अगाडि बढाएको बताए । आफू विदेशमा गएर बोल्दापनि वीर अस्पतालको नाम लिन थालेको भन्दै उनले भने, वीर अस्पतालमा उपचारका लागि माननीय र सम्माननीयको ताती लागिरहेको छ ।’
वीरमा आठ बजेबाट ओपिडी सेवा पनि शुरु भएको र भिआइपीहरूको उपचारका लागि १७ जना चिकित्सक छुट्याइएको उनले बताए । आफू स्वास्थ्यमन्त्री भएर आएपछि हरेक अस्पतालले १० प्रतिशत गरिब र विपन्नहरूका लागि निःशुल्क उपचार गर्ने बेड र उपचार सहितको पद्धति थालनी गरेको उनले बताए ।
स्वास्थ्यमन्त्री बस्नेतले अघि भनेका छन्, ‘स्वास्थ्यकर्मीहरूको दरबन्दी पूर्ति हुने प्रक्रिया शुरु हुन थालेको छ । १७२ जनाको दरबन्दी स्वीकृत भएको छ । डाक्टर, पारामेडिक्स र नर्सिङको क्षेत्रमा अत्यन्तै ठूलो जनशक्ति अभाव भइरहेको हुनाले दरबन्दी सृजना गरेर जाने लगभग सहमति भइसकेको छ ।’
‘