काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले गलत सूचनाको प्रलोभनमा परि अन्जान व्यक्तिलाई सामान पाउने आशमा कुनै रकम भुक्तानी नगर्न अनुरोध गरेको छ ।
विमानस्थल कार्यालयमा ‘विदेशबाट तपाईँको नाममा सामान आएको र सामान विमानस्थल भन्सार कार्यालयमा रहेको छ सामान छुट्याउन पैसा तुरुन्त पठाउनुहोस्’ भन्ने गरेको भनी कार्यालयमा सोधपुछ गर्न आउनेको संख्या बढ्दै गएपछि विमानस्थल भन्सार कार्यालयले सूचना जारी गर्दै यस्ता भ्रामक सूचनाको प्रलोभनमा नपर्न अनुरोध गरेको हो ।
कार्यालयका अनुसार फोन तथा विभिन्न सामाजिक सञ्जालका माध्यमको प्रयोग गरी विभिन्न व्यक्तिले यस्तो गलत सूचनाको प्रलोभनमा पर्ने व्यक्तिहरू सोधपुछका लागि विमानस्थल भन्सार कार्यालयमा आउने संख्या बढ्दै गएको छ ।