टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट पहाडीलाई अर्को व्यवस्था नभए सम्मका लागि निमित्त प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्त भई २०५१ फाल्गुण १० गते स्थायी नियुक्त पहाडी कम्पनीको नायव प्रबन्ध निर्देशकका रूपमा काम गर्दै आएकी थिइन् । उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त भएकी थिइन् ।

कम्पनीका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्ट्राचार मुद्दामा निलम्बित भएसँगै रिक्त भएको थियो । त्यसो त प्रबन्ध निर्देशककालागि समेत पहाडी प्रतिस्पर्धामा थिइन् ।

सम्बन्धित समाचार : टेलिकमको प्रबन्ध निर्देशकका लागि तीनको नाम सिफारिस

सम्बन्धित समाचार : टेलिकम प्रबन्ध निर्देशकको नियुक्ति हुँदै, कसले मार्ला बाजी

Tags :
प्रतिक्रिया दिनुहोस