टेलिकमको प्रबन्ध निर्देशकका लागि तीनको नाम सिफारिस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

टेलिकमको प्रबन्ध निर्देशकका लागि तीनको नाम सिफारिस


२४ चैत्र २०७८, बिहिबार


नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ।

सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले ९ जनामध्ये टेलिकममा कार्यरतसहित तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो।

सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार संगीता पहाडी अर्याल, बुद्धि आचार्य र सुनील पौडेलको नाम सिफारिस भएको छ।

सिफारिस गरिएकामध्ये पहाडी टेलिकमकै निर्देशक पदमा कार्यरत छन्, आचार्य पूर्व कर्मचारी हुन् भने पौडेल सूचना प्रविधि केन्द्रमा कार्यरत छन्। पौडेल पूर्व सञ्चार मन्त्री गोकुल बास्काेटाकाे समयमा विवादमा जोडिएका व्यक्ति हुन्।

अहिले बसिरहेको बैठकले एक जनालाई नियुक्ति गर्ने निर्णय गर्नेछ ।

सम्बन्धित समाचार: टेलिकम प्रबन्ध निर्देशकको नियुक्ति हुँदै, कसले मार्ला बाजी

सम्बन्धित समाचार: मन्त्रिपरिषद् बैठक बस्दै, टेलिकमको प्रवन्ध निर्देशक नियुक्त हुँदै

Tags :
प्रतिक्रिया दिनुहोस