टेलिकम प्रबन्ध निर्देशकको नियुक्ति हुँदै, कसले मार्ला बाजी « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

टेलिकम प्रबन्ध निर्देशकको नियुक्ति हुँदै, कसले मार्ला बाजी


२४ चैत्र २०७८, बिहिबार


नेपाल टेलिकम

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकममा सम्भवतः आजै प्रबन्ध निर्देशक नियुक्ति हुँदै छन् । टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाको विरुद्धमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै सुरु गरिएको नियुक्ति प्रक्रिया पछि सम्भवतः आज नै निर्णय हुँदै छ ।

सञ्चार सचिवको संयोजकत्व रहने छनौट समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेसँगै दिउँसो ४ बजे बस्ने तय भएको मन्त्रिपरिषद् बैठकले एक जनालाई प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गर्नेछ ।

डिल्ली अधिकारीको कार्यकाल सकिएसँगै रिक्त प्रबन्ध निर्देशकका लागि यस पटक पनि निकै ठुलो दौडधुप र चलखेल भएको खबर बाहिर आई सकेका छन् । संस्थाको विकास भन्दा पनि आर्थिक लाभका लागि अझ बढी आकर्षक मानिने टेलिकम प्रमुखमा ठुलै राजनीतिक रस्साकस्सी हुने गरेको छ ।

पद रिक्त भएसँगै सुरु सुरु भएको चलखेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधा सम्बन्धी निर्देशिका संशोधन गरेको थियो । अमुक व्यक्तिलाई ल्याउनकै लागि उमेर हद र अनुभव संशोधन गरिएको भन्दै त्यसको चौतर्फी विरोधसमेत भएको थियो । प्रबन्ध निर्देशकका लागि उमेर हद ४० पूरा भएर ५८ वर्ष ननाघेको हुनुपर्ने प्रावधानलाई संशोधन गर्दै ३५ वर्ष पूरा भएर ५६ वर्ष ननाघेको हुनुपर्ने बनाइएको छ ।

अनुभवतर्फ दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिको दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायमा अधिकृत स्तरको पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्ने प्रावधान राखिएको छ । यसअघि यो अवधि १५ वर्षको थियो ।

प्रबन्ध निर्देशकको लागि ९ जनाको निवेदन परेको छ । टेलिकमको प्रबन्ध निर्देशक बन्नका लागि टेलिकमका पूर्व प्रबन्ध निर्देशकदेखि टेलिकम भित्रैका कर्मचारीलेसमेत आवेदन दिएका छन् । आवेदक मध्ये दुई जनाको बढी चर्चा छ ।

रिट खारेज भएसँगै सेटिङ मिलाएर शक्तिकेन्द्र बनेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकसमेत रहेका सुनिल पौडेल टेलिकमको प्रबन्ध निर्देशक बन्न निकै दौडधुपमा रहेको सिंहदरवार विशेष स्रोतले जानकारी दिएको छ । पौडेललाई नै प्रबन्ध निर्देशक बनाउनका लागि निर्देशिका संशोधन गरिएको ती स्रोतको दाबी छ ।

निर्देशिका संशोधन पौडेललाई नै ल्याउनका लागि गरिएको भन्दै टेलिकमका कर्मचारी एवं अधिकारीहरूले यसको विरोध गरेका छन् । सञ्चार मन्त्रालयका अधिकारीहरूसमेत उनको छवि स्वच्छ मान्दैनन् ।

पौडेलको कार्यकालमा महालेखा परीक्षकको प्रतिवेदनले ठुलो मात्रामा रकम दुरुपयोग भएको र बेरुजु भएको देखाएको छ । सरकारी सर्भर र इमेल तथा उपकरणबारे छानबिन गर्ने हो भने केन्द्रका गतिविधि छर्लङ्गै हुनेछन्, जसमा सम्बद्ध निकायको आँखा चिम्ल्याईलाई पनि अनौठो मान्न छोडिएको छ भन्छन् सिंहदरवार उच्च स्रोतले ।

अघिल्लो सरकारका बेला राम्रै फाइदा लिएका उनी अहिले पनि सम्बद्धदेखि शक्तिकेन्द्रसम्म रुझाएर नियुक्ति हात पार्ने दाउमा छन् ।
यस्तै आवेदन दिने मध्येकी टेलिकमको वर्तमान प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडीको पनि प्रबन्ध निर्देशक बन्ने चर्चा छ । प्रबन्ध निर्देशक बन्ने दौडधुपमा रहेकी पहाडी टेलिकम भित्रैबाट नियुक्त हुनु पर्ने भन्दै लबिङ गरिरहेकी छन् । आफ्नै साथी हाकिम बनाउनु पर्ने भन्दै टेलिकमका कर्मचारीले आन्दोलनसमेत गरेका थिए ।

नेपाल टेलिकममा तार रहित सञ्जाल विज्ञका रूपमा कार्यरत पहाडीसँग झन्डै ३ दशक लामो टेलिकम्युनिकेशनको अनुभव भएकोले उनको सम्भावना पनि उत्तिकै देखिएको मन्त्रालय स्रोतको भनाई छ ।

यिनै चर्चाका बिच तेस्रो व्यक्ति आउन सक्ने सम्भावना पनि उत्तिकै रहेको बालुवाटार स्रोत बताउँछ । ‘कसले कस कहाँ कति कुरा राख्न सकेको छ भन्ने हुन्छ’, ती स्रोतले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस