२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जानकारी दिनका लागि सूचना पाटी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मी सुरक्षामा अवरोध पुर्‍याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै कम्तीमा छ फिट उचाई र चार फिड चौडा स्थायी सूचना पाटी राख्न आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उक्त पाटीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ को दफा (३)मा व्यवस्था भएअनुसार हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने व्यवस्थासँगै दफा १५ मा व्यवस्था भएको कसुर र सजायको व्यवस्थाबारे जानकारी उल्लेख गर्नुपर्नेछ । उनले स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्‍याउने र हातपात गर्नेमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

उपचारमा लापरबाही भएको शङ्का लागेमा सम्बन्धित संस्थाको प्रमुख वा जिल्ला प्रशासन कार्यालय वा नेपाल मेडिकल काउन्सिल तथा मन्त्रालयमा निवेदन दिन सकिने जारी सूचनामा बताइएको छ ।

ऐनअनुसार स्वास्थ्य संस्थामा आगजनी गरे दुईदेखि पाँच वर्षसम्म कैद वा रु. दुई लाखदेखि रु. पाँच लाखसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ । स्वास्थ्य संस्थामा तोडफोड, वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याएमा र स्वास्थ्यकर्मी-कर्मचारीलाई कुटपिट वा शारीरिकरुपमा चोट पुर्‍या तीन वर्षसम्म कैद वा रु तीन लाख जरीवाना वा दुवै सजाय हुनसक्छ ।

यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गर्ने, उपचारका लागि आएका वा उपचाररत बिरामीलाई बाधा पुर्‍याए र स्वास्थ्यकर्मी वा कर्मचारीलाई हातपात गरे एक वर्षसम्म कैद वा रु. एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस