२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी

अ+ अ-

न्यूयोर्क । अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् ।

अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन् । यस्तै फुटबलमा युवातर्फ १६ र ३५ वर्षमाथिका भेट्रानतर्फ आठ टोली गरी २४ टोली सहभागी छन् । महिलातर्फ भलिबलमा आठ वटा टोली प्रतिस्पर्धामा छन् भने फुटबलमा तीन टोली मैदानमा छन् ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा सुरु भएको तेस्रो इन्ट्रा कप फुटबल तथा भलिबल खेलको उद्घाटन फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले गरेका थिए । उत्तर अमेरिकामा रहेका नेपाली जातिका सबै खेलप्रेमीलाई हौसला बढाउने, नेपाली समाजलाई खेलका माध्यमबाट अनुशासित बनाउने र अमेरिकावासी नेपाली युवायुवतीको मनोबल बढाई भविष्यमा जुनसुकै प्रतिस्पर्धा पनि अगाडि बढ्नसक्ने बनाउने उद्देश्यले फाउण्डेसनले यी खेलहरू आयोजना गरेको उनले बताए ।

विश्वभरका नेपाली प्रतिभालाई समावेश गराई मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स नामका दुई वटा रियालिटी शोहरु गत महिना नेपालमा समापन गरेको फाउण्डेसनले अमेरिकावासी नेपाली खेलप्रेमीका लागि यो बृहत् खेलकुदको आयोजना गरेको हो । आयोजक समितिका निर्देशक अरुण गुरुङले दिएको जानकारीअनुसार प्रशिक्षक र टोली म्यानेजरसहित लगभग एक हजार खेलाडी सामेल छन् ।

उनले दुवै खेलमा अमेरिकाका भर्मन्ट, पेन्सिलभेनिया, नर्थ क्यारोलिना, न्यूयोर्क, क्यानडा, ओहायो, मासाच्युसेट्स, केन्टकी, टेक्सास, क्यालिफोर्निया, जर्जिया, नेब्रास्का, मेरिल्याण्डलगायतका राज्यमा टोली सहभागी भएको बताए ।

प्रतिस्पर्धामा भेट्रान्सतर्फ हिलसिटी क्लब, रिभाइभल क्लब, एक्रोन इन्ट्रा, न्यूयोर्क भेट्रान्स, इन्ट्रा कोलम्बस र ह्यारिसवर्ग भेट्रान्स प्रतिस्पर्धामा छन् भने युवातर्फ साङ्ग्रिला युथ फुटबल क्लब, न्यूयोर्क नेपाली फुटबल क्लब, टिमाई स्क्वाड, जुनियर योङ्ग गाइज एघार, पथरी एफसी, एफसी युनाइटेड, वाइएस एफसी, सगरमाथा एफसी, इन्ट्रा एफसी, युनाइटेड ओन्टारियो, भर्मन्ट इलेवेन एफसी, न्यू स्पोर्टिङ एफसी, चुके एफसी, युनिक ब्वाइज एफसी, नर्थ क्यारोलिना रोयल एफसी र खुदुनावारी एफसी छन् ।

त्यसैगरी भलिबलतर्फ बफेलो न्यूयोर्क टिम, इन्ट्रा ह्वाइट, युके ब्रदर्श इरी, सिराकस बिसी टिम, म्याग्दी समाज, अमेरिका टिम, रुकुम बी, रचेष्टर थन्डर, योङ ब्लड टिम, बागलुङ समाज टिम, एनआरएनए क्यालिफोर्निया टिम, एक र टिम दुई, फिफ्टी स्टार युवा क्लब, द सिटी अफ टालमाजे, युटिआइसीए युथ, रुकुम ए, बेलमन्ट टिम, इयुसिएनसी टिम, मामा भान्जा ह्वाइट टिम, सिन्धु टिम न्यूयोर्क, सार्लेट सिक्स टिम, इन्ट्रा ब्लू टिम, साजनी टेक्सास टिम, मामा भान्जा ब्ल्यू र एएनकेए केन्टकी टिम सहभागी छन् ।

फाउण्डेसनले युवातर्फको फुटबल विजेतालाई १५ हजार अमेरिकी डलर, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई छ हजार डलर पुरस्कारको व्यवस्था गरेको छ । अर्थात् भलिबलमा पुरुष विजेताले १० हजार, दोस्रोलाई छ हजार र तेस्रोलाई चार हजार अमेरिकी डलर पुरस्कारको व्यवस्था गरेको छ । भेट्रान तर्फ फुटबल विजेतालाई १० हजार, दोस्रोलाई छ हजार र तेस्रो हुनेलाई तीन हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

योसँगै युवातर्फको विजेता टिमलाई एक सय १५ ग्राम सुनको ट्रफीको व्यवस्था गरेको छ । तर यो सुनको ट्रफीलाई आफ्नो बनाउनका लागि भने एउटै क्लबले तीन वर्ष लगातार जित्नुपर्ने हुन्छ । खेल तीन दिनसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस