२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको छ : ओली

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन् । 

आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित ‘बढ्दो महँगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सरकारले ‘चिलतिर औँलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्विन्टलका क्विन्टल सुन तस्करी गरेको टिप्पणी गरे ।

अध्यक्ष ओलीले माओवादी नेता कृष्णबहादुर महरा बाबुछोराप्रति संकेत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउन २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेकोमा आक्रोशसमेत व्यक्त गरे ।

वर्तमान सरकार उपभोक्तामाथि संस्थागतरुपमै गैर जिम्मेवार रहेको भन्दै ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्य च्युत नहुन पनि सचेत गराए ।

‘जब हाउसमा पशुपतिमा सुन भनेर पित्तल चढाइयो भनेर एउटा सत्ताधारी गुटका सांसद कराए । त्यतिबेरै मैले केही हुँदैछ कि । पशुपतितिर ध्यान मोडेर के गर्न खोजिराखेका छन् भनेको ? एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ओसारपसार चलाउने उद्योग रहेछ त्यहाँ । त्यो उद्यम उतातिर चलाउने, यता पशुपतिमा सुन तौलिन लगाउने । यो खालको तरिकाले चिलतिर देखाउने, यता कुखुरा उडाउने । यो खालको तरिकाहरू राज्यबाट भइराखेको छ, ’उनले भने, ‘हामी सरकारमा हुँदा होस् वा नहुँदा उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्य प्रमुखपुरमा सरकारको हो ।’

प्रतिक्रिया दिनुहोस