२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सक्रिय रहँदै नेतृत्व सुम्पिएर देश चलाउन सहयोग गर्छुः अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने बताएका छन्।

शनिबार भक्तपुरमा आयोजित विद्यार्थीसँगको अन्तरक्रिया कार्यक्रममा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने तर सक्रिय रहँदै योग्य व्यक्तिलाई नेतृत्व सुम्पिएर देश चलाउन सहयोग गर्ने बताएका हुन्। ‘२० वर्षपछि तपाईँको अनुपस्थिति हुँदै गर्दा त्यतिखेर देशमा कस्तो नेतृत्व हुनुपर्छ?’भन्ने एक विद्यार्थीको प्रश्नमा ओलीले २० वर्षमै आफू निष्क्रिय नहुने बताए।

‘अझै २० वर्ष सक्रिय राजनीतिमा रहने विचार गरेको छु,’ उनले भने, ‘२० वर्ष सक्रिय रहनुको मतलब २० वर्ष नै देश र पार्टीको नेतृत्व गर्छु भनेको होइन। नेतृत्वमा रहेकाहरूलाई सहयोग गर्छु सक्रिय रहेर।’

ओलीले बाँचुन्जेल पद नछोड्न प्रवृत्तिलाई आफूले तोड्ने पनि बताए। ‘आवश्यक्ता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस्, बोल्न सकोस् कि नसकोस्, तरपनि पदमा बसिरहन चाहने प्रवृत्ति छ। त्यो प्रवृत्तिलाई तोड्न चाहन्छु,’ उनले भने। त्यसकारण आफू सक्रिय रहँदा रहँदै अर्को योग्य व्यक्तिलाई कार्यभार सुम्पिएर देश चलाउन सहयोग गर्ने उनले बताए।  

 ओलीले आफू पहिले अलि बिरामी भएपनि अहिले ठिक भएको बताए। ‘धेरैपल्ट अपरेसन गर्नुपर्‍यो। दुई पटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्‍यो। अहिले ट्रान्सप्लान्ट गरेको किड्नीले धेरै राम्ररी काम गरिरहेको छ। कुनै समस्या छैन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस