१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाणिज्य विभागका महानिर्देशक फेरिए, कम्पनीमा आचार्य 

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक परिवर्तन गरेको छ । 

मन्त्रालयले विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई मन्त्रालयमा ल्याउँदै त्यहाँ केही दिन अघि मात्रै सरुवा भएर आएका तीर्थराज चिलुवाललाई पठाएको हो । ठाकुर करिब ६ महिनामै सरुवा गरिएका हुन् । उनलाई मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाको जिम्मेवारी दिइएको छ । 

पछिल्लो समय विभागमा सहसचिवहरू खासै जान मान्दैनन्, त्यसमाथि ठाकुर सिनियर सहसचिव पनि भएकोले यसअघि नै मन्त्रालय बस्न पाए हुन्थ्यो भन्ने इच्छा व्यक्ति गरेको र अहिले नयाँ दुई सहसचिव आएसँगै व्यवस्थापन गर्न सहज भएको मन्त्रालय स्रोतले जनाएको छ । 

यसैगरी कम्पनी रजिष्ट्रार कार्यालयको रजिष्ट्रारमा दिवस आचार्यलाई पठाइएको छ । त्यहाँका रजिष्ट्रार महेश बरालको राष्ट्रिय योजना आयोगमा सरुवा भएसँगै रिक्त पदमा सूचना आयोगबाट उद्योग मन्त्रालयमा सरुवा भएका आचार्यलाई पठाइएको हो । 

यसैगरी मन्त्रालयका केही सहसचिवहरूको जिम्मेवारी पनि फेरिएको छ । सहसचिव यज्ञराज कोइरालालाई  प्रशासन तथा संस्थान महाशाखा, सहसचिव लीलाप्रसाद शर्मालाई बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा, सहसचिव गोविन्द बहादुर कार्कीलाई योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा, सहसचिव जीवलाल भुसाललाई औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ । 

यसअघि कोइराला औद्योगिक तथा लगानी प्रवर्द्धन, शर्मा प्रशासन तथा संस्थान, कार्की बहुपक्षीय व्यापार तथा व्यापार सहायता तथा भुसाल योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाको जिम्मेवारीमा थिए।

त्यसैगरी डेढ दर्जन जति उपसचिवहरूको समेत सरुवा तथा शाखागत जिम्मेवारी हेरफेर गरिएको छ।

प्रतिक्रिया दिनुहोस