१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार उत्तरदायी नभए अपजसको भारी काँग्रेसले बोक्दैन : नेता महर

अ+ अ-

मध्यविन्दु । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले वर्तमान सरकार जनताप्रति जबाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । जनताप्रति उत्तरदायी नभएमा सरकारका कामको अपजसको भारी काँग्रेसले नबोक्ने उनले बताए । 

नेपाली काँग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आज आयोजना गरेको अन्तर्क्रियामा नेता महरले भने-“सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताका घरमा पुग्नुपर्छ । मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ । लम्पी स्किनबाट क्षति बेहोरेका किसानका गोठमा खोज पुग्नुपर्छ । महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ । नत्र जनता आफैँले सरकारको विकल्प खोज्नेछन् । काँग्रेस अब सधैँ सरकारको कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा छैन ।”  

वर्तमान सरकारमाथि लागेका विभिन्न आरोपको खण्डन गर्दै नेता महरले जनतालाई सत्यताबारे प्रस्ट पार्न आग्रह गरे। काँग्रेस जनताको पार्टी भएकाले जनभावना विपरीतका कुनै कार्य स्वीकार्य नहुने उनको भनाइ थियो । “काँग्रेस जनताको पार्टी हो । सधैँ जनताकै साथमा छ”, उनले भने । 

सामाजिक रूपान्तरणका लागि मुलुकमा काँग्रेसले अहम भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नेता महरले भने- “शिक्षा, स्वास्थ्य, सामाजिक चेतना, छुवाछूत अन्त्य, भूमि सुधार लागू, समावेशी सिद्धान्तअनुरूप महिला आयोग, दलित आयोग, मुस्लिम आयोगलगायत गठनमा काँग्रेसको अहम भूमिका छ ।” पछाडि पारिका वर्गका लागि संवैधानिक व्यवस्था गरिए पनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको र अब संविधानतः सरकार त्यसतर्फ केन्द्रित हुनुपर्ने उनले बताए । 

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछानेलगायतले पनि आ-आफ्नो धारणा राखे थियो । 

प्रतिक्रिया दिनुहोस