२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री ज्वालासँग राजदूत पार्कको भेट, भौतिक पूर्वाधारमा लगानी गर्न कोरियाका तयार 

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग दक्षिण कोरियाको एक टोलीले भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न प्रस्ताव मागेको छ।

नेपालको हाइड्रो क्षेत्रमा लगानी गर्दै आएको दक्षिण कोरियाले भौतिक पूर्वाधारका क्षेत्रमा पनि लगानी गर्ने आफूहरू तयार रहेको बताएको छ। 

केही महिनापछि नेपाल र दक्षिण कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा हुँदैछ।

दौत्य सम्बन्ध पूरा भएको अवसरमा केही ठोस योजनाहरू दिए आफूहरू लगानी गर्न तयार रहेको नेपालका लागि दक्षिण कोरियाका राजदूत थेयङ पार्कले बताए। 

सोमबार मन्त्री ज्वालालाई भेट्न सिंहदरवार पुगेको राजदूतसहितको टोलीले सडक वा रेलका क्षेत्रमा लगानी गर्न आफ्नो देश तयार रहेको बताएको थियो।

भौतिक पूर्वाधारका हिसाबले नेपालमा अझै धेरै गर्नुपर्ने भएकोले त्यसका लागि ठोस आयोजनामा छलफल गर्न तयार रहेको राजदूत पार्कले बताए।

जवाफमा मन्त्री ज्वालाले भौतिक पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता हुनसके दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने बताए।

‘केही समयमा दुई देशबीचको दौत्य सम्बन्ध ५० वर्ष पुग्दैछ, यहीबेला भौतिक पूर्वाधारका क्षेत्रमा महत्त्वपूर्ण निर्णय लिनसके दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुन्छ,’ मन्त्री ज्वालाले भने।

मन्त्री ज्वालाले नेपालका इन्जिनियरहरूलाई तालिम दिएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएका छन्। 

सन् २०१८ मा नेपाल र दक्षिण कोरियाबीच भौतिक पूर्वाधारका विषयमा सम्झौता गर्ने तयारी थियो। सरकार परिवर्तनले हुन नसकेको सम्झौतालाई अगाडि बढाउन राजदूत पार्कले माग गरेका थिए। 

जवाफमा मन्त्री ज्वालाले सम्झौतालाई अध्ययन गरी अगाडि बढाउन आफूले पहल गर्ने बताए।

प्रतिक्रिया दिनुहोस