१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलम्बु गाउँपालिकाले माग्यो प्रदेश सरकारको सहयोग

अ+ अ-

सिन्धुपाल्चोक । मेलम्ची नदीमा आएको बाढीले थप क्षति गर्न थालेपछि हेलम्बु गाउँपालिकाले बागमती प्रदेश सरकारसँग सहयोग माग गरेको छ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाल गत साउन २८ गते र त्यसपछि लगातार आएको बाढी पहिराका कारण भएको क्षतिबारे अवगत गराउँदै आर्थिक मामिला तथा योजना मन्त्रालयलाई सहयोगका लागि अनुरोध गरे।

 उनले  बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्चालन नदीका तटीय क्षेत्र संरक्षण भौतिक संरचनाको पुनःनिर्माण गाउँपालिकाको एकल प्रयासमा मात्र सम्भव नहुने हुँदा प्रदेश सरकारसँग सहयोग मागिएको बताए।   

सिन्धुपाल्चोकका केही नगर र गाउँपालिकामा विपद्का लागि एक करोड पठाए पनि हालसम्म अतिविपद् जोखिम रहेको मेलम्ची नगरपालिका, हेलम्बु, पाँचपोखरी थाङ्पाल गाउँपालिकालगायतमा रकम पनि उपलब्ध नगराएको प्रति उनले असन्तुष्टि प्रकट गरे।

अध्यक्ष शेर्पाका अनुसार हेलम्बु गाउँपालिकाका लागि मात्र तत्कालै तीन–चार करोड आवश्यक पर्छ।

बाढीले हेलम्बु–४ स्थित जिल्लाकै पुरानो सरस्वती माविको एउटा भवन बाढीले बगाएपछि स्थानीयवासीको सक्रियतामा थप क्षति हुन नदिन प्रयासहरू भइरहेका छन् ।

स्वास्थ्य मन्त्री बस्नेतद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बाढीग्रस्त सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीलगायत क्षेत्रको शनिबार निरीक्षण गरेका छन्। उहाँ सिन्धुपाल्चोक क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद छन्।

अबिरल वर्षाका कारण जिल्लाको ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचना, चनौटे बेलीब्रिज, मेलम्ची बेलीब्रिजलगायत केही घरमा बाढीले क्षति पुर्‍याएको छ।

मन्त्री बस्नेतले बाढी प्रभावित क्षेत्रमा तत्काल राहतको कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायलाई निर्देशन दिए।

बाढीप्रभावित क्षेत्रका बासिन्दाको राहत र उद्धारका लागि मन्त्री उनले बागमती प्रदेशका सभासदस्य कृष्णकुमार तामाङ, नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सचिव रमेशराज भण्डारी, मेलम्ची नगर उपसभापति रामशरण गिरीलगायतका नेतालाई पनि त्यहाँ खटाइएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस