२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काभ्रेमा यस वर्ष सिँचाइका तीन सय ७७ योजना

अ+ अ-

काभ्रे । काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्ष २०८०/०८१ मा तीन सय ७७ सिँचाइ आयोजना निर्माणको काम सञ्चालन हुनेछ । यसमध्ये सात वटा ठूला सिँचाइ आयोजना रहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धुलिखेलले जनाएको छ ।

बागमती प्रदेश सरकार र सङ्घीय सरकारबाट चालु आवका लागि विनियोजित बजेटबाट यस वर्ष जिल्लामा तीन सय ७५ वटा सिँचाइ योजना सञ्चालन हुने भएका हुन् । कार्यालयका सूचना अधिकारी इञ्जिनियर दीपक थापाका अनुसार यस वर्ष जिल्लामा सञ्चालन हुने ठूला सिँचाइका आयोजनामा नमोबुद्ध नगरपालिका–८ मा रु एक करोड १७ लाखको पिपलटार सिँचाइ योजना, रोशी गाउँपालिका–४ मा रु ९० लाखको कटुञ्जबेँसी लिफ्ट सिँचाइ ९सोलार प्रणाली० योजना, नमोबुद्ध–२ मा रु ९० लाखको काशीखण्ड सिँचाइ योजना, नमोबुद्ध–६ मा रु ८० लाखको जाइफल डेडा तल्लोबेँसी सिँचाइ योजनाका लागि बजेट विनियोजन भएको छ ।

यस्तै खानीखोला गाउँपालिका–७ मा रु ९० लाखको बागमती दुर्लुङ दोभान बोरनवेशी महाँकाल बृहत् सिँचाइ आयोजना, रोशी–९ मा रु ८० लाखको मङ्गलटार लिफ्ट सिँचाइ योजना र सोही गाउँपालिका वडा नं ६ मा रु दुई करोडको महाभारत सेती शिकारी लेखपानी कालिन्चोक खार्पाचोक सिँचाइ योजनाको काम हुने थापाले बताए । उनका अनुसार चालु आवमा निर्माण हुने ठूला सिँचाइ योजनामध्ये कटुञ्जेबेँसी लिफ्ट सिँचाइ, जाइफल डेडा तल्लोबेँसी र बागमती दुर्लुङ दोभान बोरनबेँसी सिँचाइ योजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० अघिल्लो आवमै सकिएको हो ।

चालु आवमा बागमती प्रदेश सरकारबाट सिँचाइका ठूला साना गरी तीन सय ५२ योजनाअन्तर्गत जिल्लाको पाँचखाल नगरपालिकामा ३८, मण्डनदेउपुर नगरमा ३९, भुम्लु गाउँपालिकामा २०, धुलिखेल नगरमा २४, बनेपा नगरमा १५, पनौती नगरमा साना ठूला सिँचाइ गरी २३ योजना, नमोबुद्ध नगरमा २६, रोशीमा ५६, तेमालमा २५, महाभारतमा २६, खानीखोलामा २१, बेथानचोकमा १३ र चौरीदेउराली गाउँपालिकामा २६ वटा योजनामा बजेट विनियोजन भएको कार्यालयले जनायो ।

यस वर्ष सङ्घीय सरकारबाट भने करिब २५ वटा योजनामा बजेट विनियोजन गरिएको छ । आयोजना सञ्चालनार्थ ठेक्का आह्वान तथा सम्झौता प्रक्रियाको काम भइरहेको थापाले बताए । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् ।

कार्यालयले गत आवमा कूल सिँचाइ योजनामध्ये ८९ प्रतिशतको निर्माण कार्य सम्पन्न गरेको जनाएको छ । जसमध्ये प्रदेशतर्फका एक सय १३ मध्ये एक सय आठ र सङ्घीय सरकारतर्फका ६० योजनामध्ये ४६ वटाको काम सम्पन्न गरेको थापाले बताए । गत वर्षबाट सुरु गरिएका १३ वटा बहुवर्षीय सिँचाइका योजनामध्ये पाँच योजनाको काम सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस