२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले आफ्ना पार्टीका नेताहरूको प्रदेश र विभागको जिम्मेवारी तोकेको छ । सो पार्टीको सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र विभागको जिम्मेवारी तोकेको हो ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य सुशिला श्रेष्ठलाई बागमती प्रदेश इन्चार्ज, राजकिशोर यादवलाई लुम्बिनी प्रदेश इन्चार्ज, प्रकाश अधिकारीलाई कर्णाली प्रदेश इन्चार्ज र गोविन्द चौधरीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकले कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतको अध्यक्षतामा चन्देश्वरप्रसाद सिंह, पेशल ढकाल, न्हुच्छेलाल महर्जन र ई देवनारायण यादव रहेको केन्द्रीय कार्यालय समितिसमेत गठन गरेको छ । यसैगरी सङ्गठन विभागको प्रमुखमा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई चयन गरेको छ भने विभागका सदस्यमा रेणु यादव र लाक्पा शेर्पा रहेका छन् ।

सङ्घीय मामिला तथा स्थानीय तह विभाग प्रमुखमा लालबाबु राउत तथा सदस्यमा शैलेन्द्र साह र सनबहादुर राई चयन भएका छन् । सूचना, सञ्चार, विज्ञान तथा प्रविधि विभागमा मनिषकुमार सुमन तथा सदस्यमा लक्ष्मण हुमागाईं र योगराज वनेम चयन भएका केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए ।

यसैगरी नवलकिशोर साहलाई आर्थिक विभागको सदस्यमा चयन गरिएको छ भने युवा, विद्यार्थी तथा खेलकुद विभागको प्रमुखमा रमेशबाबु श्रेष्ठ रहेका छन् । विभागको सदस्यमा विदेश्वर यादव, दीपक दोर्जे लामा र वीरेन्द्र प्रधान सदस्य रहेका छन् ।

महिला विभागमा लीला सिटौला, सदस्यमा उर्मिला साह, मञ्जु अन्सारी, विनिता यादव, किरण साह, निर्मला यादव, भगवती सुवेदी, रेणुका सिंह, अञ्जना शेर्पा, शोभा बज्राचार्य र कमला विश्वकर्मा चयन भएका सो पार्टीले जनाएको छ । केन्द्रीय सदस्य मनोरञ्जन गोइतमाथि गरिएको अनुशासनात्मक कारबाही फुकुवा गर्ने निर्णय गरेको केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस