२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा उठ्यो ४७ करोड बढी राजस्व, साउनमा चार करोड ५५ लाख 

अ+ अ-

जुम्ला । जुम्लाको आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षमा रू. ४७ करोड बढी राजस्व सङ्कलन गरेको छ । सदरमुकाम खलङ्गास्थित आन्तरिक राजस्व कार्यालयको आर्थिक वर्ष २०७९/८० मा वार्षिक राजस्वको लक्ष्य रू. ४७ करोड ५६ लाख रहेकामा रू. ४७ करोड २६ लाख सङ्कलन गरिएको कार्यालयका सूचना अधिकारी खेमराज उपाध्यायले जानकारी दिए । उनका अनुसार यो लक्ष्यको ९९ दशमलव ४१ प्रतिशत हो ।

“यस कार्यालयको राजस्व सङ्कलनको अवस्था राम्रो रहेको छ”, सूचना अधिकारी उपाध्यायले भने, “आव २०७८/७९ को तुलनामा रू. सात करोड बढी राजस्व सङ्कलन भएको छ ।” विभिन्न शीर्षकबाट उक्त राजस्व सङ्कलन भएको सूचना अधिकारी उपाध्यायको भनाइ थियो । उनका अनुसार कार्यालयको कार्यक्षेत्रभित्र पर्ने माथिल्लो कर्णालीअन्तर्गत जुम्ला, कालिकोट र मुगुका गरी २५ हजार करदाता सङ्ख्या बढेका छन् । १३ हजार व्यवसायी प्यानमा दर्ता भएका छन् भने  करिब १२ हजार व्यक्तिगतरुपमा प्यानमा दर्ता भएका आन्तरिक राजस्व कार्यालय जुम्लाले जनाएको छ ।

साउनमा चार करोड ५५ लाख राजस्व सङ्कलन 

आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो महिनामा रू। चार करोड  ५५ लाख  राजस्व सङ्कलन भएको जनाएको छ । साउनमा रू. तीन करोड ८६ लाख राजस्व उठाउने लक्ष्य रहेकामा राजस्व असुली रू। चार करोड ५५ लाख पुगेको कार्यालयका सूचना अधिकारी उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस