१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकारको लगानीमा तीन अस्पताल भवन बन्दै

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश सरकारको लगानीमा मनाङ र मुस्ताङमा जिल्ला अस्पताल र पोखरामा सङ्क्रामक तथा सरुवा रोग अस्पतालका भवन निर्माण भइरहेको छ । दुई जिल्ला अस्पताल भवन क्रमागत र सरुवा रोग अस्पताल भवन निर्माण बहुवर्षीय आयोजना हो ।

मुस्ताङ जिल्ला अस्पताल भवन रु. १२ करोड, मनाङ जिल्ला अस्पताल भवन रु. १५ करोड ५५ लाख र सरुवा रोग अस्पताल भवन रु. ३२ करोडको लागतमा ठेक्का सम्झौता भएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत आवमा मुस्ताङको अस्पताल भवनका लागि रु. पाँच करोड, मनाङको अस्पताल भवनका लागि रु छ करोड र सरुवा रोग अस्पतालका लागि  रु. आठ करोड बजेट विनियोजन गरिएको थियो । सो बजेटमा मनाङ र मुस्ताङ अस्पताल भवन निर्माणको वित्तीय प्रगति भने न्यून देखिएको थियो । 

गत आवमा सरुवा रोग अस्पताल भवनको वित्तीय प्रगति ८७ दशमलव ०३ प्रतिशत भएको मन्त्रालयका सचिव डा.  विनोदविन्दु शर्माले जानकारी दिए। उनका अनुसार मनाङ अस्पताल भवको ५८ दशमलव ०६ र मुस्ताङ अस्पताल भवनको ३२ दशमलव ०८ प्रतिशत वित्तीय प्रगति देखिएको छ ।

पच्चीस शय्याको मुस्ताङ अस्पताल भवन विसं २०७७ चैत २२ मा शिलान्यास गरिएकामा निर्माणले अझै पूर्णता पाउन सकेको थिएन । अरु दुई अस्पताल भवनको निर्माणकार्य पनि सुस्त छ । लमजुङ, स्याङ्जा र दमौली अस्पताल भवन निर्माणका लागि बजेट अभाव रहेको सचिव डा. शर्माले बताए । 

प्रदेश सरकारले चालु आवमा पनि स्वास्थ्यतर्फ कुल बजेटको जम्मा छ प्रतिशतमात्र बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ । न्यून स्रोतसाधन र जनशक्तिबाट मन्त्रालय र मातहतका निकायले कार्यसम्पादन गर्नुपर्ने स्थिति छ । आधारभूत स्वास्थ्य सेवाका लागि औषधि किन्नसमेत बजेट पर्याप्त नभएको उनको भनाइ थियो ।

क्यान्सर, मुटु, मिर्गौला रोगका लागि विशिष्टीकृत अस्पताल र मातृशिशु, महिला तथा बाल अस्पताल स्थापना गर्ने प्रदेश सरकारको निर्णय पनि जग्गा व्यवस्थापनको जटिलतालगायत कारणले कार्यान्वयन हुनसकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेशको गौरवका आयोजनाका रूपमा ती अस्पताल बनाउने घोषणा गरेको थियो । 

प्रतिक्रिया दिनुहोस