२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्थाका हित विपरीत भएका भाडाका सम्झौता खारेज गर्ने निर्णय

अ+ अ-

काठमाडौँ । नेपाल बाल सङ्गठनले, संस्थाको हित विपरीत हुने गरी भएका भाडाका सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सङ्गठनले संस्थाको हित विपरीत यसअघि विभिन्न समयमा भएका लिज सम्झौता खारेज गर्ने निर्णय गरिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा संगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सङ्गठनको सम्पत्ति पुन सङ्गठनकै भोग चलन तथा नाममा ल्याउनका लागि विभिन्न सरोकारवाला निकायमा पत्राचार गरिसकेको भन्दै बालबालिका र सङ्गठनको हित विपरीत गरिएका लिज भाडाका सम्झौताहरू खारेज गर्ने निर्णय गरिएको बताइन् ।

उनले आफूहरूको उक्त निर्णयमा सबैको साथ सहयोगको आवश्यक रहेको भन्दै सहकार्यको लागि आग्रह समेत गरिन् ।

‘नेपाल बाल सङ्गठनको सम्पत्ति पुन सङ्गठनकै भोग चलन तथा नाममा ल्याउनका लागि विभिन्न सरोकारवाला निकायमा पत्राचार तथा पहल गरिसकिएको छ’, उनले भनिन्, ‘कतिपय जिल्लाहरूमा अनुगमन तथा निरीक्षण गरी सम्पत्ति फिर्ता समेत ल्याइएको छ । बालबालिका र सङ्गठनको हित विपरीत गरिएका लिज भाडाका सम्झौताहरू खारेज गर्ने निर्णय गरिएको छ । यस कार्यमा हामीलाई तपाईँहरू सबैको सहयोग तथा सहकार्यको आवश्यकता रहेको छ ।’

सङ्गठन अन्तर्गत सञ्चालित बालगृहहरूमा संरक्षित बालबालिकाहरूलाई आवासको कठिनाइ भइरहेको सङ्गठनले जनाएको छ ।

सङ्गठनका अनुसार नक्साल बालगृहमा बर्सातको पानी पसेका कारण अव उनीहरूलाई कहाँ राख्ने भन्ने समस्या भइरहेको छ भने नेपाल बाल सङ्गठनको केन्द्रीय कार्यालय रहेको सीता भवन भूकम्पका कारण भत्किएको तथा हाल पुनः निर्माणको काम भई रहेको र कहिले सम्पन्न हुन्छ सोको यकिन समेत नभएको अवस्था रहेका कारण यस्तो समस्या आएको हो ।

प्रतिक्रिया दिनुहोस