२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल हुँदै टनका टन सुन भारत गइरहेको छ : डा . कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले, नेपाल हुँदै टनका टन सुन भारत गइरहेको आशंका गरेका छन् ।

शनिबार नेपाली कांग्रेस भक्तपुरद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली बाटो हुँदै, ४ देखि ५ सय टन सुन भारत गइरहेको आशंका गरे ।

‘भारतमा १३ सय देखि १४ सय टन सुन खपत हुने रहेछ त्यसमा भारतले ८ देखि ९ सय टन इम्पोर्ट गर्छ । मैले क्विन्टल र किलोको कुरा गरेको छैन । ’ उनले भने ‘४ सय देखि ५ सय टन सुन अवैध रूपमा भारत गइरहेको छ । नेपालबाटै गएको होला । यो ७ दिनमा कति गयो होला अन्दाज गर्न सक्नुहुन्छ । अहिले पनि गई हरेको छ हामीलाई सूचना मात्र नभएको हो ।’

त्यस्तै प्रधानमन्त्री कार्यालय मातहतमा राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग ल्याउनु दुर्भाग्य भएको बताए ।

उनले भने ‘ओलीजी प्रधानमन्त्री हुँदा खेरी नेपाली कांग्रेसका सभापतिले वक्तव्य नै निकालेका थियौँ । राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्नु हुन्दैन जुन पहिले जहाँथ्यो त्यही हुनु पठाउनु पर्छ भनेर हामीले सदनमा आवाज पनि उठायौं । ओली जिले सुन्नु भएन् । तर दुर्भाग्य हाम्रो शेरबहादुरजी प्रधानमन्त्री हुनु भयो उहाँले पनि सुन्नु भएन् । आफ्नै मातहतमा राख्नु भयो । र अहिले प्रचण्डजीले पनि हामी बोलिरहेका छौं उहाँले पनि आफ्नै मातहतमा राख्नु भयो ।’

सुन प्रकरण सुरु हुने साथै सिआइबीलाई अनुसन्धानका लागि दिन आफूहरूले आग्रह गरेको उनको भनाई छ ।

‘सुन काण्ड हुनु भन्दा ७ दिन पहिले नवराज ढुङगानालाई राजस्व अनुसन्धान विभागमा लगियो । सुन काण्ड भयो । प्रहरीलाई सहभागी गराइएँ । हामीले भनिराख्यौं सिआईबीलाई दिइहालौं भनेर । ’ उनले भने ।

अर्को प्रशंगमा उनले नेपाली कांग्रेसमा व्यक्तिवादी, स्वार्थीपनाको चरित्र हाबी भएको बताए ।

यस्ता क्रियाकलापले पार्टीलाई कमजोर पार्ने भन्दै उनले विधि विधानलाई मिच्ने प्रवृत्तिप्रति नेपाली कांग्रेस होसियार हुनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस