२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनलाइनमार्फत यौन हिंसा गर्ने दुई पक्राउ

अ+ अ-

काठमाडौँ । नाबालिगमाथि अनलाइनमार्फत यौन हिंसा गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ। 

नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ बस्ने १९ वर्षीय समिर तामाङ र सोही ठाउँका १९ वर्षीय सुरेश तामाङ छन्। 

एसपी रायका अनुसार नाबालिगलाई उनीहरूले सामाजिक सञ्जालमार्फत मानसिक तनाव मात्रै नभई यौन हिंसा समेत गरेका थिए। पक्राउ परेका समिर तामाङले नाबालिगलाई फेसबुकमा साथी बनाएका थिए। कुराकानी गर्नेक्रममा उनले  बालिकालाई प्रेम गर्ने बहानामा अडिओ र भिडिओ कल गर्न थालेका थिए। 

तर पछि उनले  बालिकालाई मानसिक तनाव दिन थालेको एसपी रायले बताए। तनाव दिन थालेपछि नाबालिकाले उनलाई ब्लक समेत गरेका थिए। समिरले अन्य व्यक्तिको अश्लिल फोटो र भिडिओमा पीडित नाबालिकाको अनुहार जोडेर सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेको प्रहरीले जनाएको छ। 

त्यस्तै उनी र सुरेशले ती बालिकालाई एक दिन कोठामा समेत बोलाएका थिए। कोठामा बोलाएर सुरेशले बालिकामाथि यौन हिंसा गरेको एसपी रायले जानकारी दिए। उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ र यौन हिंसा कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच-पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। 

प्रतिक्रिया दिनुहोस