१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली

अ+ अ-

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वतयारीमा कर्णाली जुटेको छ । विसं २०८१ मङ्सिर २-९ गतेसम्म कर्णाली प्रदेशमा हुने उक्त प्रतियोगिता आयोजना हुने समय नजिकिँदै छ ।

खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माणाधीन रङ्गशालाको काम तीव्ररुपमा अगाडि बढिरहेको छ । यद्यपि प्रदेशका अन्य जिल्लामा भने खेलकुद पूर्वाधारको अभाव छ । खेलकुद प्रतियोगिताको पूर्वतयारी गर्न बजेट पनि धेरै नभएको बताइएको छ ।

डेढ वर्षपछि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएपछि यहाँको पूर्वाधार संरचना र तयारी अवस्था बुझ्न कोशी र बागमती प्रदेशका खेलकुद परिषद् सदस्यसचिवहरू कर्णाली पुगेका छन् । उनीहरूले यहाँको निर्माणाधीन रङ्गशालाको भौतिक संरचनाको अवलोकन गरे ।

प्रतियोगिताको समय नजिकिँदै गरेकाले सङ्घीय सरकार र राष्ट्रिय खेलकुद परिषद्ले बेलैमा ध्यान दिनुपर्नेमा कोशी प्रदेशका खेलकुद परिषद् सदस्य हंसराज वाग्लेले जोड दिए । ‘कर्णालीमा दशौँ खेलकुद प्रतियोगिता हुने भएपछि सबैको ध्यान यता खिचिएको छ,’ उनले भने, ‘निर्माणाधीन रङ्गशालामा ३३ खेलहरूमा २१/२२ सम्म खेलाउन सम्भव हुन्छ । बाँकी खेलहरू अन्य जिल्लामा खेलाउने गरी तयारी थाल्नुपर्दछ ।’

बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले प्रदेश रङ्गशालाको प्रगति उत्साहजनक भएको बताए। उनले भने, ‘रङ्गशालाको अवलोकन गरियो । निर्माण कार्यको प्रगति प्रशंसा गर्न लायक छ । काम अझै युद्धस्तरमा बढ्नुपर्दछ । प्रदेश सरकार आफैँले ८५ करोड बजेट छुट्टाए पनि पूर्वाधारमा केही समस्या हुने देखिन्छ ।’

कर्णाली खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले दश वटै जिल्लाको भौतिक संरचनाको विषयमा छलफल गर्दै आएको जनाए । ‘बसाइ वातावरणको सहज व्यवस्थापन हुने ठाउँमा खेल खेलाउने भन्ने गरी सोचिएको छ’, उनले भने, ‘संरचना निर्माण रातारात भए पनि बनाउनुपर्छ भन्नेतर्फ गम्भीर भएर लागेका छौँ ।’

सङ्घीय सरकारसँग पनि धेरै पटक बजेटको माग गर्दा पनि सहयोग नगरेको दुःखेसो पोख्दै उनले सदस्यसचिव सञ्ज्यालले रङ्गशालाको ६० प्रतिशत भौतिक प्रगति भएको र अन्य जिल्लाहरूमा संरचनाको अभाव रहेको बताए । यद्यपि अन्तर्राष्ट्रियस्तरमा जाने खेलहरूलाई प्राथमिकता दिइने भन्दै व्यवस्थापनको पाटोमा धेरै ध्यान दिनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस