२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अप्पर लोहोरे खोला हाइड्रोपावरको आइपिओ बिक्री साउन १८ देखि

अ+ अ-

काठमाडौँ । अप्पर लोहोरे खोला हाइड्रोपावरले साउन १८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ ।

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो ।

सोमध्ये १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीले ३९ हजार ७६५ कित्ता सेयर कर्मचारीहरूका लागि र ९९ हजार ४१२ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको सहित कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले निष्कासन गर्न लागेको हो ।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

उक्त आइपिओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ उक्त अवधिसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि साउन ३२ गतेसम्म लम्बिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ’मेरो सेयर’ अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।

कम्पनीलाई केयर रटिङ नेपालले ’केयर एनपी डबल बी इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

प्रतिक्रिया दिनुहोस