२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुर गबारोबाट धानबालीमा क्षति

अ+ अ-

दोधार चाँदनी । कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा धानबालीमा गबारो कीराले क्षति पुर्‍याएको छ । पर्याप्त वर्षा नहुँदा दुई पालिकामा गबारो कीराको प्रकोप देखिएको हो ।

कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले पालिकाका सबै वडामा खेतमा गबारो कीराको प्रकोप देखिएको जानकारी दिए । ‘रोपेको धानबालीमा गबारो कीराले क्षति पुर्‍याएपछि निःशुल्क विषादी वितरण गरिरहेका छौँ’, उनले भने,’झण्डै एक सय किसानलाई विषादी वितरण गरेका छौँ, पालिकाको बजेट अभावले सबैलाई विषादी उपलब्ध गराउन सकिएको छैन ।’

अधिकांश किसानको खेतमा गबारोले कीराले क्षति पुर्‍याएको र त्यसको निर्मूलका लागि विषादी प्रयोग गर्न कृषि अधिकृत धामीले सुझाव दिए । ‘पर्याप्त वर्षा नहुँदा सुक्खा भएपछि गोबारोको प्रकोप देखिएको हो’, उनले भन्ने, ‘हामीले सबै वडामा पुगेर नमूना परीक्षण गरिरहेका छौँ ।’

यस्तै शुक्लाफाँटा नगरपालिकाको सुक्खा क्षेत्रमा पनि गबारो कीराको प्रकोप देखिएको छ । शुक्लाफाँटा नगरपालिकाका कृषि प्राविधिक रनसिंह बुढाऐरले पालिकाको सुक्खा क्षेत्रमा खेतमा गबारो कीराको प्रकोप देखिएको बता गबारो कीरा देखियो भनेर किसान आउने क्रम बढेको छ’, उनले भने,’सुक्खा क्षेत्रमा धानबालीमा गबारो कीरा र धमिराको सङ्क्रमण देखिएको छ ।’

धान रोपेकोे महिना दिनमै गबारोको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी जनक सिंहले कञ्चनपुरका दुई पालिकामा मात्रै गबारो सङ्क्रमण देखिएको जानकारी दिए । ‘शुक्लाफाँटा र कृष्णपुरमा धानबालीमा गबारोको प्रकोप देखिएको छ’, उनले भने, ‘जिल्लाका अन्य क्षेत्रमा यसको प्रकोप देखिएको छैन ।’

कञ्चनपुरमा ४८ हजार चार सय ९६ हेक्टरमा धानखेती हुने गरेको सूचना अधिकारी सिंहले बताए। यहाँ आर्थिक वर्ष २०७७/७८ मा एक लाख ८९ हजार मेट्रिक टन तथा आव २०७८/७९ मा एक लाख २३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । आव २०७९/८० मा एक लाख ९० हजार मेट्रिक टन धान उत्पादन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस