२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान बालीमा गबारोको समस्या 

अ+ अ-

काठमाडौँ । कञ्चनपुरका किसानले खेतमा रोपेको धान बालीमा गबारो किराले  समस्या पउब्जाएकोे छ । धान बालीमा गबारो किराले गुवो खाएर नोक्सान गर्न थालेको हो ।

गबारो रोगको समस्या सबैभन्दा बढी कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा देखापरेको छ । आधा बिघा जग्गामा रोपेका बीउको गुबो गबारोले खाएर क्षति गरेको कृष्णपुर नगरपालिका-१ का किसान गोपी साउदले बताए।

“धान रोपिएको महिनादिन नपुग्दै गबारोको समस्या देखिएको छ”, उनले भने, “धानका बोटहरु पहेलिँदै गएका छन्, रोपेका धानका बिरुवा नै मर्ने अवस्थामा पुगेका छन्, बिरुवा नै मरेपछि धान उत्पादन हुँदैन ।”

कृषि प्राविधिकलाई समस्याबारे अवगत गराएको उल्लेख गर्दै किसान साउनदले  नगरप्रमुख र कृषि प्राविधिकको टोलीले खेतमै पुगेर अनुगमन गरेर गएको बताए। 

गबारोको समस्या पहिलो चरणमै भएकाले किसानलाई धानका बिरुवा डुब्ने गरी पानी लगाउन  सल्लाह दिइएको नगरपालिकास्थित  कृषि शाखा प्रमुख लालबहादुर धामीले बताए । 

“गबारो रोगको समस्या नगरपालिकाका सबै वडामा छ”, उनले भने, “सबैभन्दा बढी वडा नं १, २ र ७ मा देखिएको छ, गबारो रोग निदानका लागि किसानलाई उपाय सिकाउने कार्यमा लागेका छौँ, त्यसका लागि टोली परिचालन गरिएको छ ।”  शुक्लाफाँटा नगरपालिका-७ का किसान कल्लु डगौराले रासायनिक मल प्रयोग गरिएको खेतमा गबारोको समस्या बढी देखिएको बताए । “घरमै उत्पादित प्राङ्गारिक मल हालेको खेतमा गबारोको त्यति समस्या छैन”, उनले भने, “रासायनिक मल हालेको खेतमा पूरै गबारो रोगको समस्या छ ।”

नगरपालिकाको चुरे फेदीका किसानले रोपेको धानमा गबारोको प्रकोप बढी देखिएको हो। कृषि शाखका प्रमुख करन सिंह बुढाऐरका अनुसार किसान गवारोको समस्या लिएर शाखमा पुग्न थालेका छन् ।

गबारो किरा शत्रु जीव भएकाले त्यसको व्यवस्थापनका लागि सल्लाह दिने कार्य भइरहेको छ । धान बढने र गाँजो हाल्ने बेला गबारोको समस्या देखिएकाले किसान निकै चिन्तित भएका छन् उजले भने, “धान रोपिएको ४१ देखि ८० दिनसम्म कार्वोफुरान नामक विषादीको प्रयोग गर्न सल्लाह दिएका छौँ ।” 

विषादीले धानका बिरुवाको उपचार गर्दा खेतमा पाँचदेखि आठ सेन्टिमिटरसम्म पानी हुनुपर्ने उनको भनाइ थियो । त्यो पानी खेतमा पाँच दिनसम्म राख्नुपर्छ । कञ्चनपुर धान खेतीका लागि उर्वर भूमि मानिन्छ  । यहाँ ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस