२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कल्भर्ट भत्किँदा आवागमन ठप्प

अ+ अ-

कञ्चनपुर । लामो समयदेखि मर्मतसम्भार नगरिँदा शुक्लाफाँटा नगरपालिका–१० स्थित बञ्जरिया (लापनिया) खोलामा निर्माण गरिएको कल्भर्ट (पुल) भत्किएको छ । दुई दिनदेखिको अविरल वर्षाको पानीले कल्भर्टको पूर्वतर्फको भाग भत्काएको हो । 

एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा निर्माण गरिएको कालोपत्र सडकमा पर्ने कल्भर्टको बीच भागबाट टुटेर भत्किएको छ । छब्बीस वर्ष पहिले तत्कालीन जिल्ला विकास समितिले कल्भर्ट निर्माण गरेको थियो । निर्माण गरिएको लामो समयसम्म मर्मत नगरिँदा कल्भर्ट भत्किएको स्थानीय बासिन्दाको भनाइ छ ।

‘कल्भर्ट जीर्ण बन्दै गएकाले मर्मतसम्भार गर्नुपर्ने वा नयाँ पुल निर्माण गरिनुपर्ने माग छ वर्ष पहिलेदेखि गर्दै आएका हौँ’, स्थानीय बासिन्दा चुडामणि जोशीले भने, ‘कुनै पनि निकायले ध्यान दिएन, कल्भर्ट भत्किएपछि आवागमन नै ठप्प भएको छ ।’ सडक कालोपत्र गर्ने कार्य भइरहेका बेला पुरानो कल्भर्ट  जीर्ण भएकाले जुनसुकै बेला पनि भत्किने अवस्थामा रहेकाले नयाँ कल्भर्ट  निर्माणका लागि नगरपालिकासँग आग्रह गरिए पनि सुनवाइ हुन नसकेको उनले बताए ।

‘सडकको पानी फाल्नका लागि पूर्वतर्फको भागमा नाली बनाइएको थियो’, स्थानीय गगनबहादुर साहुले भने, ‘नाली भएकै ठाउँबाट कल्भर्ट  भत्किएको छ, पुलमा आवागमन नभएका बेला भत्किएकाले अप्रिय घटना हुन पाएन ।’ तत्कालीन झलारी गाउँपालिकाका अध्यक्ष टेकबहादुर हमाल विसं २०५४ मा कल्भर्ट निर्माणको कार्य प्रारम्भ भई विसं २०५८ मा सम्पन्न भएको बताउछन् । 

‘कल्भर्ट  निर्माण गर्ने क्रममै खोलामा दलदल हुँदा एकातर्फको भाग भत्किएको थियो’, उनले भने, ‘भत्किँदा केही महिना कल्भर्ट  निर्माण कार्य रोकियो, बजेट थप गरेर पुल पुनः निर्माण गरिएको हो ।’

उनका अनुसार त्यो बेला जिल्ला विकास समितिले ठेक्का प्रक्रियाबाट कल्भर्ट रु १२ लाखको लागतमा बनाएको थियो । ‘पहिला अहिलेजस्तो पाइलिङ गर्ने प्रविधि थिएन’, उनले भने, ‘इँटाको पिलर बनाएर कल्भर्ट बनाइने गरेको थियो, धेरै वर्षसम्म कल्भर्ट मर्मत नहुँदा भत्किएको छ ।’ नगरपालिकाले तत्काल पुल निर्माणका लागि काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ । कल्भर्ट भत्किएपछि नगरपालिकाले अप्रिय घटना हुन नदिनका लागि पुलका दुवैतर्फको आवागमन बन्द गरेको छ ।
 
स्थानीय बासिन्दाले कल्भर्टको आवागमन रोकिएपछि सात किलोमिटरको यात्रा गर्दै झलारी बजार र नगरपालिका कार्यालय पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ । कल्भर्ट भएर लालवनिया टोलमा लगिएको खानेपानीको पाइपमा क्षति पुगेको छ । पाइपमा क्षति पुग्दा २० घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् । 

नगरप्रमुख रणबहादुर महराले बहु वर्षे ठेक्का लगाएर भए पनि खोलामा कल्भर्ट निर्माण कार्य गरिने बताए । ‘वर्षात्को समय भएकाले तत्काल कल्भर्ट  निर्माण कार्य गर्न सकिँदैन’, उनले भने, ‘वर्षा सकिएसँगै कल्भर्ट निर्माणका लागि पहल गर्छौँ, पुल जीर्ण भएकाले नयाँ बनाउनका लागि पहल गरिरहेका थियौँ, त्यही बेला पुल भत्किएको छ ।’स्थानीय बासिन्दालाई आवतजावतका लागि वैकल्पिक व्यवस्था गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस