१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारीरहन्छ : बेलायती स्वास्थ्य राज्यमन्त्री क्वीन्स

अ+ अ-

लण्डन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्यका स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ ।

सोमबार भएको भेटमा स्वास्थ्य मन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा यसमा थप अभिवृद्धि हुने विश्वास व्यक्त गरेको नेपाली दूतावास लन्डनले जनाएको छ ।

नेपाल र बेलायतबीच हालै सम्पन्न बेलायतमा नेपाली नर्सका लागि रोजगारी सम्बन्धी सम्झौताप्रति खुसी व्यक्त गर्दै नेपाली स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिका लागि सहयोग गर्न अनुरोधसमेत गरेका थिए । बेलायती स्वास्थ्यमन्त्री क्वीन्सले नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग जारी रहने, नेपालको नर्सिङ क्षेत्रको क्षमता अभिवृद्धिमा थप सहयोगका लागि कार्य भइरहेको र नेपाली नर्सहरूको बेलायत आगमनबाट दुई देशका लागि फाइदा पुग्ने व्यक्त गरेको दूतावासले उल्लेख गरेको छ ।

स्वास्थ्य बस्नेत मन्त्रीले आइतबार विन्चेस्टरमा रहेको रोयल ह्याम्सायर काउन्टी हस्पिटलको तालिम केन्द्र, इमर्जेन्सी विभाग तथा वार्डहरूको भ्रमण गरी त्यहाँ नेपालबाट ल्याइने नर्सहरूको तालिम तथा स्थानान्तरण प्रक्रियाका बारेमा जानकारी लिएको दूतावासकी उपनियोग प्रमुख रोशन खनालले बताइन् । उक्त भेटमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसमेत सहभागी रहेका थिए । मन्त्री बस्नेत गत असार २९ गते संयुक्त अधिराज्यको भ्रमणमा गएका हुन् ।

प्रतिक्रिया दिनुहोस