२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असारे र डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न प्रतिबद्ध छौं : मन्त्री ज्वाला

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले असारे र डोजरे विकास प्रवृत्ति अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको दाबी गरेका छन् ।

यसअघि राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा भएको छलफलका क्रममा विभिन्न सांसदहरुले राखेको चासोलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले असारे र डोजरे विकासको प्रवृतिले सडक पूर्वाधारसँगै सयौँ बिगाहा खेतीयोग्य जमिनमा क्षति पुगेको भन्दै त्यस्तो विकास प्रवृत्ति अन्त्य गर्ने बताए ।

उनले भने, ‘ बिना अध्ययन डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक विपत्ति हुँदै गएको सत्य हो । कठिन भू बनोटबाट सडक निर्माण गर्नुपर्ने,चलायमान पहाडको पाखामा सडक निर्माण गर्नुपर्ने,सडक निर्माणको क्रममा निस्केका ढुंगामाटोको उचित व्यवस्थापन हुन नसक्दा त्यसले धेरै खेतीयोग्य जमिन पुरिने र पूर्वाधारमा क्षति पु र्‍याउने गरेको छ । हामी असारे र डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न प्रतिबद्ध छौं ।’

मुग्लिन नारायणघाट सडक सञ्चालनका लागि पहिरो नियन्त्रण गर्न आवश्यकता हेरी सडक विभाग मार्फत विशेषज्ञबाट अध्ययन गराएर बढी जोखिमयुक्त स्थानमा आवश्यकता अनुसार गरिएको रोकथाम फलदायी देखिएको उनको भनाई छ ।

‘नारायणघाट मुग्लिन सडक खण्डमा पर्ने १५ ओटा पुलहरूको एप्रोच सडक र शाखा सडकहरूको निर्माणपछि समस्या समाधान हुने विश्वास छ । यो सडकमा पहिरोका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायहरू खोजी गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

त्यस्तै, उनले पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे सडक खण्डको सडक विस्तार कार्य जारी रहेकाले निर्माण कार्य सम्पन्न भएपछि यात्राका लागि सडक सुरक्षित हुने विश्वास व्यक्त गरे।

मन्त्री ज्वालाले नारायणघाट –बुटवल सडक खण्ड अन्तर्गतको १ सय १३ किलोमिटर सडकको स्तर उन्नतिको काम ठेकेदारको कमजोरी, समन्वयन अभाव जस्ता विविध कारण निर्माण कार्यले गति लिन नसकेको स्वीकारे ।

उनले उक्त सडकको पछिल्लो समय स्तर उन्नतिको कार्य तिव्रताकोसाथ अघि बढेको भन्दै आगामी १८ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य सुनाए।

प्रतिक्रिया दिनुहोस