२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेशमा रङ्गशाला निर्माणको प्रगति ६० प्रतिशत

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधीन प्रदेश रङ्गशालाको भौतिक प्रगति ६० प्रतिशत भएको छ । 

प्रदेश खेलकुद विकास परिषद्ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भौतिक प्रगति ६० र वित्तीय प्रगति ४६ प्रतिशत भएको हो । हालसम्म रङ्गशालामा दर्शक प्यारापिटमा चार हजार कुर्सीको जडान कार्य सकिएको, भिआइपी तर्फको प्यारापिटमा सिभिल निर्माण कार्य अन्तिम चरणमा रहेको र छाना निर्माण कार्य बाँकी रहेको जनाइएको छ ।

यस्तै रङ्गशालामा पौडी पोखरी, व्यावसायिक सटर तथा गेट निर्माण कार्य अन्तिमचरणमा रहेको र फुटबल मैदानमा दुबो लगाइ स्तर वृद्धिको कार्य जारी रहेको छ । एथलेटिक्स ट्र्याकको सब बेस र नाली निर्माण सम्पन्न, रुख रोप्ने, हरियाली गर्ने कार्य जारी रहेको प्रदेश खेलकुद परिषद् सदस्य सचिव विश्वमित्र सञ्ज्यालले जानकारी दिए । 

निर्माणाधीन रङ्गशालाको कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिकाअनुसार नै काम अगाडि बढेको र हालसम्म रु ६५ करोड ८५ लाख रकम खर्च भएको उनको भनाइ छ । विसं २०८१ मङ्सिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रङ्गशाला निर्माणको कामलाई निरन्तर अगाडि बढाइएको सञ्ज्यालले जानकारी दिए । 

राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर प्रदेशका विभिन्न जिल्लामा खेलकुद संरचना निर्माण गरिएको पनि उनले बताए ।  यस्तै १०औँ राष्ट्रिय खेलकुदका लागि कर्णालीले दुई अङ्कको स्वर्ण पदकसहित उत्कृष्ट खेल प्रदर्शनीका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १३औँ बोर्ड बैठकले कर्णाली प्रदेशका खेललाई (क), (ख) र (ग) श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैअनुसार (क) श्रेणीमा एथलेटिक्स, उसु आइटिफ कराते र तेक्वान्दो गरी पाँचवटा रहेका छन् भने(ख)श्रेणीमा सात वटा वक्सिङ, फुलकन्ट्याक्ट कराँते, जुडो, हक्की, रग्बी, हेन्डबल र बाँस्केटवल) रहेका छन् । त्यसैगरी (ग) श्रेणीमा १० कवड्डी, डॉकेट, खोखो, ब्याडमिन्टन, भलिबल, भारोत्तोलन, फुटबल टिमको खेललाई वर्गीकरण गरिएको उनले जानकारी दिए ।  यी वर्गीकरण भर्खरै सम्पन्न भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई आधार मानी तयार गरिएको हो । 

यस्तै खेलकुद परिषद्ले कर्णाली प्रदेशबाट विभिन्न अन्तर्राष्ट्रियस्तरका पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कारस्वरुप रु २७ लाख ५५ हजार खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस