१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई पाँच हजार प्रोत्साहन भत्ता दिइने 

अ+ अ-

काठमाडौँ । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहाले दुइभन्दा बढी सन्तान जन्माउने आमाबुवालाई सम्मान स्वरूप प्रोत्साहन भत्ता दिने भएको छ।

तीन सन्तान जन्माएर वडामा जन्मदर्ता गराउन आउने आमाबुवालाई प्रोत्साहन भत्ता दिइने वडाध्यक्ष चिरञ्जीवी पोखरेलले बताएका छन् । बच्चाको जन्म दर्तासँगै उनीहरूले नगद ५ हजार भत्ता पाउने पोखरेलले बताए।

वडामा जनसङ्ख्या वृद्धि गर्ने लक्ष्य सहित यो कार्यक्रम आगामी आर्थिक वर्षको साउन महिनादेखि लागू हुने उनको भनाई छ । पछिल्लो समय बढीमा दुई सन्तान जन्माउने चलन छ। 

‘गाउँमा जनसङ्ख्या घट्दै गएको छ। काम गर्ने जनशक्तिको अभाव हुन थालेको छ,‘वडाध्यक्ष पोखरेलले प्रशासनसँग भने, नेपाल’ कृषि प्रधान देश भएको सरकारले नै भन्दै आएको छ। बजेट पनि कृषिमा नै बढी विनियोजन भएको अवस्था छ। तर कार्यान्वयन पक्ष उपलब्धिमूलक छैन। कृषि गर्ने मानिसको अभाव छ। खेतबारी बाझिएका छन्। यहाँका नागरिक भोकै मर्नुपर्ने अवस्था दिनानुदिन सिर्जना हुँदै गएको छ। खानकै लागि परनिर्भर बन्न परिरहेको छ।’

शिक्षा र स्वास्थ्यको जिम्मेवारी सरकाले लिनुपर्ने उनको भनाई छ । । धेरै सन्तान जन्माए नै काम गर्ने जनशक्ति उत्पादन हुने भन्दै उनले अलिअलि उत्पादन भएको खेती जोगाउन पनि जङ्गली जनावर लखेट्ने मानिस गाउँमा नभएको बताए । 

उनले भने, ‘गाउँमा जेष्ठ नागरिक र अधिकांश महिला मात्रै छन्। २ सन्तान हुन्छन्,पढाइका लागी बिदेसिन्छन्, जङ्गली जनावर घरभित्रै पसेर अन्नपात खोसेर लैजाने गरेका छन्। यसको रोकथामका लागि जन्मदर बढाउनुपर्छ। नत्र कृषिलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुको कुनै अर्थ छैन। आधुनिक प्रविधिको उपयोग गर्ने जनशक्ति छैनन् ।’

वडाको उक्त निर्णय गाउँपालिकाको रातो किताबमा समेत परिसकेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस