काठमाडौँ । प्रहरीले ५०० दरका १८० वटा नक्कली नोटसहित एक पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका १ स्थायी घर भई हाल ललितपुरको ईमाडोल बस्ने वर्ष ४२ का प्रशान्त भन्ने पासाङ भोम्जन रहेका प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा नक्कली नोटहरूको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले इमाडोलबाटै पक्राउ गरेको जनाइएको छ । ।
उनका बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।