काठमाडौँ । जिल्लाको लिखु गाउँपालिकामा उपाध्यक्ष सहायता कक्ष स्थापना गरिएको छ ।
हिंसा पीडित तथा अन्य नागरिकहरूलाई दिइने न्यायिक सेवालाई सहजता बनाउनका लागि उपाध्यक्ष सहायता कक्षको स्थापना गरिएको हो ।
लैङ्गिक हिंसामा परेका तथा गाउँपालिकाबाट सम्बोधन हुन सक्ने खालका कुनै पनि गुनासो, उजुरीलाई सम्बोधन गर्न कक्षको स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापाले जानकारी दिइन् ।
उपाध्यक्ष थापाकारअनुसार यस सहायता कक्षमा रहेको टोल फ्रि नम्बरले गाउँपालिका भित्रको न्याय सम्पादन सम्बन्धीको सेवा प्रवाहमा सहजता हुनेछ । उपाध्यक्ष सहायता कक्षमा रहेको टोल फ्रि नम्बर १८१०५०००००७ मा कल गर्दा पैसा तिर्नु पर्दैन ।
यसमा फोन गरेर लिखु गाउँपालिकाका नागरिकहरूले आर्थिक वर्ष २०८०/८१ का लागि भएको नीति तथा कार्यक्रम, न्याय सँग सम्बन्धित उजुरी, सुझाव, गाउँपालिकाको विकासका लागि गर्नुपर्ने कदमकहरुको बारेमा रचनात्मक सुझावहरू समेत टोल फ्रि नम्बरमा फोन गरेर राख्न सक्नेछन् ।
