२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा सदस्यहरूलाई सरकारले उपेक्षा गर्‍यो उपाध्यक्ष अर्याल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा सदस्यहरूलाई सरकारले उपेक्षा गरेको बताएकी छन्।

मङ्गलवार राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले प्रतिनिधिसभाका सांसदहरुलाई सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५ करोड दिने निर्णय बजेटबाट गरेको भए पनि राष्ट्रियसभा सदस्यहरूलाई भने कुनै कार्यक्रम नल्याएर विभेद गरेको आरोप लगाइन्।

उनले राष्ट्रियसभा सदस्यहरू प्रदेश र स्थानीय तहसम्मै जोडिने भएकाले राष्ट्रियसभा सदस्यलाई पनि कुनै कार्यक्रम ल्याएर संलग्न गराउनुपर्ने माग गरिन्। उनले विभेदपूर्ण कामलाई संसदीय समितिमा बसेर छलफल गरी निष्कर्षमा पुर्‍याउनुपर्ने बताइन्।

उनले भनिन्, ‘राष्ट्रियसभाको गरिमाको विषयमा वास्तवमा उहाँहरू प्रतिनिधिसभामा एउटा क्षेत्रबाट निर्वाचित भएर जाने हो। राष्ट्रियसभामा निर्वाचित भएर आउँदा त हामीलाई प्रदेशप्रतिको उत्तरदायित्व छ, त्यहाँ भएको सम्पूर्ण स्थानीय सरकारसँग सम्बन्धित भएर रहन्छौँ। त्यसैले हाम्रो जिम्मेवारी बढी छ, बजेटको हिसाबले पनि प्रतिनिधिसभामा रहनेलाई ५ करोड ठ्याक्क दिने, हामी त प्रदेशबाट पनि सबैको आशा, अभिलाषा, सिङ्गो प्रदेशले आशा गर्छ, न्यूनतम पनि केही त गर्नुपर्छ नि। यो कुरा वास्तवमा विभेदपूर्ण छ‚ हामीलाई उपेक्षा गरिएको छ। यो विषयमा संयुक्त रूपमा समितिले बसेर छलफल गर्नुपर्छ। सरकार प्रमुखसँग पनि कुराकानी गर्नुपर्छ। राष्ट्रियसभा सधैँ ओझेलमा पर्नुपर्ने वातावरणको अन्त्य हुन आवश्यक छ।’

प्रतिक्रिया दिनुहोस