२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय वाणिज्य बैंकको ६४औँ एक्सटेन्सन काउन्टर प्रहरी प्रधान कार्यालय नक्सालमा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ ।

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलबार समुद्घाटन गर्नुभएको छ । शाखा कार्यालय नक्साल मार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट नगद-चेक जम्मा, चेक भुक्तानी, स्टेटमेन्ट, मोबाइल बैंकिङ्ग सेवा, एटिएम सेवा लगायतको रकम जम्मा गर्न सकिने छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी र बैंकबीचको लामो समयदेखिको सहकार्यको प्रशंसा गर्दै एक्सटेन्सन काउन्टरबाट प्रहरीहरूलाई बैंकिङ्ग सेवा लिन थप सहज हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सबै ग्राहकले सेवा लिन सकिने एक्सटेन्सन काउन्टरबाट धेरै प्रकारका बैंकिङ्ग सेवा दिने बताउँदै नेपाल प्रहरीसँगको सहकार्यका लागि आभार व्यक्त गरेका छन् ।

उनले बैंकको बेसरेट सस्तो भएकाले कर्जाको ब्याजदर कम भएको बताउँदै प्रविधिमा आधारित सेवालाई बैंकले जोड दिएको बताए । उपकार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू डा. आशा सिंह, टेकप्रसाद राई, दिपक थापा, सुदिप गिरी, टेकबहादुर तामाङ, बैकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरू, बागमती प्रादेशिक कार्यालयका प्रबन्धक, शाखा कार्यालय नक्सालका शाखा प्रबन्धक लगायत वरिष्ठ प्रहरी अधिकृतहरू तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू डा. आशा सिंह, टेकप्रसाद राई, दिपक थापा, सुदिप गिरी, टेकबहादुर तामाङ, बैकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरू, बागमती प्रादेशिक कार्यालयका प्रबन्धक, शाखा कार्यालय नक्सालका शाखा प्रबन्धक लगायत वरिष्ठ प्रहरी अधिकृतहरू तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७२ वटा शाखा कार्यालय, ६४ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग, क्युआर कोड सेवा, बिना चेक रकम झिक्न सकिने, इन्टरनेट बैंकिङ, परिष्कृत रूपको मोबाइल बैंकिङ्ग तथा बिना इन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस