काठमाडौँ । कुमारी बैंकले आफ्नो संस्थापक समूहको सेयर आजबाट बिक्रीमा राखेको छ ।
बैंकले ३ लाख १६ हजार १ सय ४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयरमा विद्यमान संस्थापकसँगै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ सय १० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्ता सेयरका लागि खरिद आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछ । लगानीकर्ताहरूले असार १८ गतेसम्म खरिद आवेदन दिन सक्ने छन् ।