२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यान्सरपीडितलाई अस्पतालमै नागरिकता

अ+ अ-

गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले क्यान्सरबाट पीडित एक महिलालाई अस्पतालमै नागरिकता प्रदान गरेको छ ।

पालुङटार नगरपालिका–७ की क्यान्सरपीडित रविना दराईलाई अस्पतालको सघन उपचार कक्षमै पुगेर नागरिकता प्रदान गरिएको हो ।

काठमाडौँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दराईलाई त्यहीँ पुगेर नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत चूडानिधि तिवारीले जानकारी दिए ।

‘नागरिकता नहुँदा राज्यबाट प्राउने उपचार सहुलियत र अन्य सुविधा पाउन कठिन भएको थियो’, उनले भने । आवश्यक प्रक्रिया पूरा गरी अस्पतालमै पुगेर नागरिकता प्रदान गरिएको तिवारीले बताए ।

दराईका श्रीमान् हितबहादुरले प्रशासनमा नागरिकता प्राप्तिका लागि आवश्यक सबै कागजपत्र पेस गरेका थिए । सोही आधारमा अस्पतालमै गएर नागरिकता वितरण गरिएको प्रशासकीय अधिकृत तिवारीले बताए ।

जिल्ला प्रशासन कार्यालयले कार्यालयसम्म आउजाउ गर्न नसक्ने अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायतलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस