२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउँछौँ : मुख्य सचिव अर्याल 

अ+ अ-

काठमाडौँ । नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले जनताको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। 

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँगको भेटमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले यस्तो बताएका हुन् । 

गुणस्तरीय सेवा प्रवाह गर्ने विषयमा सरकार संवेदनशील रहेको उनको भनाइ छ। 

भन्सार प्रशासनलाई चुस्त बनाएर राजस्व सङ्कलनको लक्ष्य वृद्धि एवम् पुँजीगत खर्च समयमै गर्ने गरी नीतिगत व्यवस्थाको तयारी भइरहेको समेत उनको जानकारी दिएका छन्।

मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन चेम्बरले सुझाव दिएको छ। 

मुख्य सचिव अर्याललाई बधाई एवम् शुभकामना दिने क्रममा चेम्बरले समयबद्ध तालिका बनाएर सरकारी सेवा प्रवाहलाई चुस्त एवम् प्रभावकारी बनाउन सुझाव दिएको हो।

अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वयमार्फत जनतासँग प्रत्यक्ष जोडिएका सेवा क्षेत्रलाई परिणाममुखी बनाउन सुझाव दिइएको चेम्बरले जनाएको छ ।  

समयबद्ध तालिका बनाएर सरकारी सेवा दिन सकियो भने जनतालाई निकै राहत हुने र कर तिर्न जाँदा समेत घण्टौँ लाइन बस्नुपर्ने बाध्यतालाई तत्काल अन्त्य गर्ने ठोस नीतिगत व्यवस्थाको आवश्यकता रहेको चेम्बरको भनाई छ । 

यस्तै संसदमा विचाराधीन अधिकांश आर्थिक विधेयकहरूलाई अगाडि बढाउन सहजीकरण गरिदिन पनि चेम्बरले मुख्य सचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ। 

चेम्बरले मुलुकको आर्थिक विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउनु पर्नेमा समेत जोड दिएको छ। खासगरी ठूला जलविद्युत आयोजना, पूर्वाधार विकास, औद्योगिक तथा पर्यटन प्रवर्द्धनका लागि विदेशी लगानी सम्मेलन यथाशीघ्र आयोजना गर्न समेत चेम्बरले मुख्य सचिव डा. अर्यालको ध्यानाकर्षण गराएको छ। 

प्रतिक्रिया दिनुहोस