काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले छलफल नगरी बजेट निर्माण हुँदा धेरै त्रुटि देखिएको टिप्पणी गरेका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा उनले भने, ‘बजेट बनाउनु भन्दा अगाडी नै छलफल भएको भए आज बजेटमा जुन त्रुटि देखिएको छ । त्यो देखिने थिएन ।’ उनले सबै जिल्लामा समान रुपले बजेट नआएको भन्दै असन्तुष्टि पोखे ।
बजेट बारे सम्बन्धित मन्त्रालयले अध्ययन गरेर निर्देशन दिन सम्बन्धित मन्त्रालय चुकेको उनको भनाई छ ।
‘जनताले बजेटमाथि विभिन्न प्रतिक्रिया दिइसके, तर हामी समिति भएर पनि दिन सकेको छैनौं । कसरी विभेद भइरहेको छ ,के के त्रुटि छ भनेर । सबै जिल्लामा समान बजेट छैन ।त्यो हामीले अध्ययन गरेर सम्बन्धित मन्त्रालयले निर्देशन दिनुपर्थ्यो । त्यो कुरामा हामी पछाडि परिसकेका छौं।’ उनले भने, ‘चारैतिर बजेटको कार्यक्रममाथि सुधारका कार्यक्रम र प्रतिक्रिया राखेर बैठक बसौं ।’