१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको अध्यक्षमा भट्टराई

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको अध्यक्षमा गणेश भट्टराई निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनामा निकटतम प्रतिस्पर्धी लीलानाथ चौलागाईंलाई ११ मतले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

भट्टराईले एकसय ९२ मत प्राप्त गर्दा चौलागाइँले एक सय ८१ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामकृष्ण लामिछानेले जानकारी दिए । खुला उपाध्यक्षमा ओमप्रसाद शर्मा अधिकारीले १८४, कुमारप्रसाद पौडेलले १६९, महिला उपाध्यक्षमा शिला केसीले २०६, उपाध्यक्ष सेवा क्षेत्रमा तुलसी अधिकारी १७९, उपाध्यक्ष उत्पादनमा निमा लामाले १९४, उपाध्यक्ष अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा ख्यामराज तिवारीले १९५ मत ल्याई विजयी भएका हुन् ।

यसैगरी सचिवमा विश्वहरि घिमिरेले १९२, सहसचिव खुलामा रमेश घिमिरेले १८४, सहसचिव महिलामा तारा भण्डारीले१८७, सहसचिव सेवा क्षेत्रमा ऋषिराम गिरीले१८४, सहसचिव उत्पादनमा उदयबहादुर लामाले १८२, सहसचिव अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा अनिककुमार झाले १८१, कोषाध्यक्षमा रमेश खनालले १८८, सहकोषाध्यक्षमा निर्मला दुलाल आचार्यले १७७ मत प्राप्त गरेको निर्वाचन अधिकृत लामिछानेले बताए ।

यसैगरी खुला सदस्यमा कर्णबहादुर कार्की, कौशलकुमार शाह, गङ्गा राई, प्रजापति दाहाल, महिला सदस्यमा कमला कार्की, तारा पौडेल आचार्य, काजलकुमारी ठाकुर, शान्ति थिङ, सदस्य सेवा क्षेत्र खुलामा अनिलकुमार सिंह र मिलन शर्मा घिमिरे निर्वाचित भएका छन् ।

महिला सदस्य अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा तारादेवी खतिवडा फुयाँल, युवा समितिमा राजु परियार, महिला समिति अध्यक्षमा अनु शर्मा, महिला समिति सचिवमा मेनुका भट्टराई र महिला समिति कोषाध्यक्षमा मिरा श्रेष्ठ विजयी भएकी हुन् । मङ्गलबार सम्पन्न मतदानमा ४०४ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस