११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखनाथ हाफ म्याराथनमा बस्नेत च्याम्पियन

अ+ अ-

कास्की । लेखनाथ खुला राष्ट्रिय पुरुष हाफ म्याराथनको उपाधि रामजी बस्नेतले जितेका छन् ।

पोखरा महानगर खेलकुद विकास समितिले पोखराको लेखनाथमा आज पहिलो पटक आयोजना गरेको म्याराथनमा बस्नेतले २१ दशमलव ९८ किलोमिटरको निर्धारित दूरी एक घण्टा १३ मिनेट ३३ सेकेन्डमा पूरा गरी च्याम्पियन बने ।

पोखरा–२९ भण्डारढीकस्थित प्रस्तावित लेखनाथ रङ्गशालाबाट सुरु भएको दौड लेखनाथ साना तथा सहरी खानेपानी, बेगनास ताल, पार्किङबाट ड्याम हुँदै बेगनास बसपार्क, शिशुवा, कविशिरोमणि गेट हुँदै कालीगण्डकी चोक पुगेको थियो । त्यसपछि खास्टेताल चोक, बुढी बजार सिमल मार्ग लक्ष्मी मावि हुँदै लेखनाथ चोक, डाँडानाकबाट ताल चोक, शिशुवा, नौबिसे आदर्श चोक निस्केर भण्डारढीकस्थित लेखनाथ रङ्गशालामा पुगेर दौड टुङ्गिएको थियो ।

हाफ म्याराथनमा मोहनदेव जोशी द्वितीय बने । उनले निर्धारित दूरी पूरा गर्न एक घण्टा १४ मिनेट दुई सेकेन्ड समय लगाए । यसैगरी एक घण्टा १८ मिनेट आठ सेकेन्डको समयमा दौड पूरा गरी अनिश गुरुङ तृतीय बने ।

महिलातर्फको १० किलोमिटर सडक दौडमा एक घण्टा छ मिनेट ३७ मिनेटमा पूरा गर्दै पूर्णलक्ष्मी न्यौपाने प्रथम भइन् । आशा रावत द्वितीय तथा सुमित्रा के चाण्डारीले तृतीय स्थान हासिल गरेको महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले जानकारी दिए ।

म्याराथन विजेताले नगद ३० हजारसहित प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार र तृतीय हुनेले १० हजार र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । महिला १० किमी दौडका धाविकाले नगद ३० हजार, उपविजेताले २० हजार र तृतीयले १० हजार पुरस्कार पाए ।

विद्यालय स्तरीय पाँच किलोमिटर दौडअन्तर्गत छात्रतर्फ तेन्जेन रोकाले १७ मिनेट ४० सेकेन्डमा पूरा गर्दै प्रथम भए । विवेक परियारले १७ मिनेट ५० सेकेन्डमा पूरा गरी द्वितीय र १७ मिनेट ५५ सेकेन्डको समय लगाएका सुनिल विकले तृतीय स्थान प्राप्त गरे ।

छात्रातर्फको प्रतिस्पर्धामा पाँच किलोमिटर दौडमा नारायण भण्डारी प्रथम, मेनुका अधिकारी द्वितीय र एन्जेल अधिकारी तृतीय हुन सफल भए । विद्यालय स्तरीय दौडका विजेताले क्रमशः १५ हजार, १० हजार र पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस